बुधबार, जेष्ठ २, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

दमक र शिवसताक्षी नगरपालिकामा भोलिदेखि पूर्ण ‘लकडाउन’


  • माउन्टेन खबर
  • आइतवार, साउन १०, २०७८
  • 724
    SHARES

१० साउन, झापा । झापाका दमक र शिवसताक्षी नगरपालिकामा सोमबार (भोलि)देखि पूर्ण ‘लकडाउन’ गरिने भएको छ ।

प्रदेश नम्बर–१ का कतिपय स्थानीय तहले कोरोना संक्रमणको घट्दो दरलाई हेरेर लकडाउन खुकुलो गरिरहेका छन् । तर, दमकमा अरु स्थानीय तहको तुलनामा संक्रमित बढ्न थालेपछि पूर्ण लकडाउनमा जाने निर्णय गरिएको नगरपालिकाका मेयर रोमनाथ ओलीले बताउनुभयो ।

ओलीको अध्यक्षतामा बसेको नगरस्तरीय कोभिड रोकथाम तथा नियन्त्रण समन्वय समिति बैठकले आउने एक सातासम्म पूर्ण लकडाउन गर्ने निर्णय गरेको हो ।
लकडाउन अवधिभर घरबाहिर निस्कन नपाइने, व्यापार–व्यवसाय बन्द गर्नुपर्ने, अस्पताल र औषधि पसल मात्र खोल्न मिल्ने विषयमा नगरपालिकाले नगरवासीलाई सूचित गरेको छ । स्वास्थ्य शाखाका अनुसार हाल नगरभरि ५०१ जना सक्रिय संक्रमित छन् ।

दमकमा शनिबार ३८ जना नयाँ संक्रमित थपिएका थिए । दोस्रो लहरमा ३८ जना मृत्यु भइसकेको छ । दुई हजार ८२१ जना संक्रमित हुँदा उपचारपछि दुई हजार २६४ जना निको भएका छन् ।

दमकमा आम्दा र दमक अस्पतालले कोरोना संक्रमितको उपचार गरिरहेका छन् । ती अस्पतालमा हाल ५१ जना उपचाररत छन् । अस्पतालका सबै शय्या भरिएका छन् ।

शिवसताक्षी नगरपालिकाले पनि सोमबारदेखि पूर्ण लकडाउनमा जाने निर्णय गरेको छ । नगरमा हाल १४४ जना सक्रिय संक्रमित छन् । त्यहाँ दोस्रो लहरका क्रममा १४ जना मृत्यु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }