आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवाको नौकुण्ड गाउँपालिकामा एकीकृत वस्ती निर्माणले गति लिदै


  • आशिष लामा
  • सोमवार, साउन १८, २०७८
  • 1.1K
    SHARES

रसुवा, १८ साउन ।

रसुवाको नौकुण्ड गाउँपालिकामा एकिकृत वस्ती निर्माणको कामले गति लिन थालेको छ । गाउँपालिकाको वडा नम्बर १ लाङ्बुमा निर्माणाधिन एकिकृत वस्ती निर्माणको कामले गति लिएको हो ।

बिनासकारी भुकम्पका कारण पहिरोको उच्च जोखिममा परेका साङ्ग्युलका २४ घरपरिवारका लागि निर्माण हुन लागेको एकिकृत वस्ती निर्माणको कामले गति लिन थालेको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईका फिल्ड प्राविधिक रमेश आलेले बताए ।अहिले घरको छाना लगाउने, खानेपानी व्यवस्थापन, घेराबार र सामुदायिक भवन निर्माणको कार्य भइरहेको उनले बताए ।

जग्गा अधिग्रहण र डिपिआर कार्य सकिए पश्चात उपभोक्ता समिती मार्फत आवास निर्माणको कार्य सुरु भएको थियो । भुकम्प पछिको निजि आवास निर्माण निकै कठिनाइ भएको स्थानिय निमा लोप्चनले बताए । घर बनाउन त सुरु भयो तर कमाउने जग्गा यस क्षेत्रमा नहुदा अझ धेरै समस्या रहेको पनि लोप्चनले बताए ।

त्यसैगरि, नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्बु साङ्बो घलेले जिल्लाकै नमुना वस्तिको रुपमा निर्माण गरी पर्यटन प्रवद्र्धन गर्नको लागि होमस्टेको रुपमा परिणत गर्न गाउँपालिकाले समेत उक्त वस्तिमा सहयोग गर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)