आइतवार, बैशाख ३०, २०८१

निरन्तर नयाँ उचाइ कायम गर्दै नेप्से, आज १६.३२ अंकले वृद्धि


  • माउन्टेन खबर
  • बिहिबार, साउन २८, २०७८
  • 602
    SHARES

२८ साउन, काठमाडौं । साताको अन्तिम कारोबार दिन दोहोरो अङ्कले वृद्धि हुँदा सेयर बजार परिसूचक नेप्सेले नयाँ उचाइ कायम गरेको छ । बुधबार ३१६२.६० अङ्कमा बन्द हुँदा नयाँ उचाइ कायम गरेको नेप्से आज १६.३२ अङ्कले वृद्धि हुँदा ३१७८.९१ अङ्कको नयाँ उचाइमा पुगेर बन्द भएको छ ।

बुधबारको भन्दा बजार परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । बुधबार साढे १५ अर्बको कारोबार भएकोमा आज नेप्से ३ करोड ६६ लाख ८ हजार ४६१ कित्ता सेयर किनबेच हुँदा १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजारको कारोबार भएको छ ।

आज नेप्सेमा कारोबार भएको मध्ये ७ कम्पनीको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द भएको छ । सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द हुनेमा महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक, शाइन रेसुङ्गा विकास बैंक, माउन्टेन इनर्जी नेपाल, रुरु जलविद्युत् कम्पनी जिवन विकास लघुवित्त र युनियन लाइफ इन्स्योरेन्स रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }