आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेस सभापतिमा उम्मेद्वारी दिन ३० हजार धरौटी


  • माउन्टेन खबर
  • बिहिबार, साउन २८, २०७८
  • 289
    SHARES

काठमाडौं,२८ साउन

नेपाली कांग्रेसको बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीको सभापतिमा उम्मेद्वारी दिन ३० हजार रुपैयाँ धरौटी राख्नुपर्ने प्रस्ताव गरिएको छ।

महामन्त्री पूर्णबहादुर खड्काले पेश गरेको निर्वाचन निर्देशिका सभापतिको प्रत्यासी हुन चाहनेले ३० हजार रुपैयाँ धरौटी राख्नुपर्ने प्रस्ताव गरिएको हो ।

बैठकमा उपसभापतिका लागि २५ हजार, महामन्त्रीमा उम्मेद्वारी दिन २५ हजार, सहमहामन्त्रीका लागि २० हजार र केन्द्रीय सदस्यका लागि १० हजार रुपैयाँ बुझाउनु पर्ने खड्काले पेश गरेको निर्देशिकामा उल्लेख गरिएको छ ।

सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकले महाधिवेशनको नयाँ कार्यतालिकाबारे औपचारिक रुपमा प्रस्ताव नगरिएपनि महामन्त्री खड्काले केन्द्रीय सदस्यहरूको सुझावका आधारमा नयाँ कार्यतालिका बनाउन बैठकमा प्रस्ताव गरेका छन्।

महाधिवेशन कहिले गर्ने भन्ने विषयमा संस्थापन र इतर समूहबीच सहमति जुट्न सकेको छैन। साउन १२ गतेदेखि सुरु भएर भदौ १६–१९ सम्म महाधिवेशन पुरानो कार्यतालिका उल्लंघन भए पनि कांग्रेसले नयाँ ल्याउन सकेको छैन।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }