मङ्लबार, जेष्ठ ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नयाँ नक्सा भएको पुस्तक प्रकाशन गर्न ओलीले रोके : गिरिराजमणि पोखरेल


  • माउन्टेन खबर
  • मङ्लबार, भदौ १, २०७८
  • 647
    SHARES

काठमाडौं,१ भदौं

सांसद तथा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले ‘नेपालको भूगोल र नक्साबारे स्व(अध्ययन सामाग्री’ प्रकाशन भएपनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रोकेको बताएका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा पूर्व शिक्षामन्त्रीसमेत रहेका पोखरेलले सो कुरा बताएका हुन् ।

उनले नेपालको नयाँ नक्सा अनुसारको क्षेत्रफल प्रकाशन नभएको भन्दै आपत्ति जनाएका हुन्। २०७७ जेठ ७ गते कालापानी, लिपुलेख र लिम्पियाधुरासमेत समेटेको अध्यावधिक नक्सा जारी भएको भए पनि नयाँ क्षेत्रफल प्रकाशन भएको उनले बताएका थिए।

‘विद्यार्थीहरु नेपालको वास्तविक क्षेत्रफल कति हो भन्नेबारे अन्योलमा छन्,’ पोखरेलले भने।

उनले नयाँ क्षेत्रफल प्रकाशन नभएकाले नक्सा जारीको औचित्य पुष्टि नभएको भन्दै, ‘पुरानै भनौँ देशको अध्यावधिक चुच्चे नक्सा जारी भएको छ। नयाँ भनौँ सरकारबाट आधिकारिक घोषणा भएको छैन।’

गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रममा पनि उक्त विषय उल्लेख गरिएको बताउँदै कूटनीतिक वार्ताको माध्यबाट समस्याको हल गर्न सुझाव दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }