बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने


  • माउन्टेन खबर
  • शनिबार, भदौ ५, २०७८
  • 550
    SHARES

धनगढी,५ भदौ

सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने भएको छ। नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी सम्मिलित गठबन्धनबीच प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने सहमति भएको हो।

सरकारको नेतृत्व कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले गर्ने सहमति भएको छ। माओवादी उच्च स्रोतका अनुसार माओवादीबाट सरकारको नेतृत्व गर्दै आएका मुख्यमन्त्री त्रिलोचन भट्टले भदौ महिनाभित्र पदबाट राजीनामा दिनेछन्।

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता डा. रणबहादुर रावलले सरकार गठनका लागि छलफल भइरहेको जानकारी दिए। अब बन्ने सरकारमा कांग्रेससंगै माओवादी केन्द्र, जनता समाजवादी र माधवकुमार नेतृत्वको पार्टी सहभागी हुनेछ।

केन्द्रमा बनेको गठबन्धनको सहमतिअनुसार सुदूरपश्चिममा कांग्रेसको नेतृत्वमा सरकार बन्न लागेको हो । एमाले औपचारिक रुपमा विभाजन भए पनि गठबन्धनलाई प्रदेशमा नयाँ सरकार गठन गर्ने बाटो खुलेको हो ।

कांग्रेसको नेतृत्वमा नेकपा एमालेबाहेक गठनबन्धनमा रहेका माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले संयुक्त सरकार बनाउने गरी केन्द्रमा छलफल भइरहेको छ ।

 

प्रदेशसभामा कांग्रेसका १२, माओवादी केन्द्रका १३ र जसपाका दुई जना गरी २७ जना सांसद छन् । यो संख्या सरकार गठनका लागि पर्याप्त हुन्छ । गठनबन्धनमा माधव समूहको नेकपा एकीकृत (समाजवादी) पनि भएकाले सरकारमा सहभागी हुनेछ ।

एकीकृत समाजवादीमा अहिलेसम्म सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्त्व गर्ने दुई जनामात्रै खुलेका छन् । प्रदेश सरकारका प्रवक्तासमेत रहेकी आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशी र पूर्वउद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टमात्रै खुलेका छन् । दुवै जना एकीकृत समाजवादीको केन्द्रीय समिति सदस्यसमेत रहेका छन् ।

विगतमा माधव समूहमा एमालेका २५ मध्ये १८ जना खुलेका थिए । माधव समूहमै रहेका एमालेका सांसदहरू अहिले प्रदेश सरकारमा सामेल पनि छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)