बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कर्णालीका तीन सांसदले रोजे नेकपा (एकीकृत समाजवादी)


  • माउन्टेन खबर
  • बुधबार, भदौ १६, २०७८
  • 831
    SHARES

१६ भदौ, कर्णाली । कर्णाली प्रदेशसभाका ३ जना सांसदले नेकपा एमाले छाडेर नेकपा (एकीकृत समाजवादी) रोजेका छन् ।

जुम्लाका पदम रोकाय, मुगुका चन्द्रबहादुर शाही, र रुकुमकी देवी ओलीले सुर्खेतस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर नेकपा एसको पक्षमा सनाखत गराउने भएका हुन् ।

कर्णाली प्रदेशसभामा एमालेका २० सांसद थिए ।

फ्लोर क्रस गरेर माओवादी सरकारमा गएका प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढाको पद रिक्त छ । सभामुखसहित १६ सांसदमध्ये ३ जनाले नेकपा एस रोजेपछि अब एमालेका सभामुखसहित १३ सांसद भएका छन् ।

४० सांसद रहेको कर्णाली प्रदेशसभामा अब एमालेका १३, माओवादी केन्द्रका १२, कांग्रेसका ६, नेकपा एसका ३ र राप्रपाका एक सांसद छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)