बिहिबार, जेष्ठ ३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

मुगुका विद्यालयमा नियमित पठनपाठन सुरु


  • माउन्टेन खबर
  • शुक्रबार, भदौ १८, २०७८
  • 306
    SHARES

१८ भदौ, मुगु । मुगुम कार्मारोङ्ग गाउँपालिकामा निजी तथा सामुदायिक विद्यालयमा नियमित रुपमा पठनपाठन सुरु भएको छ ।

कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका विद्यालय पुन: सञ्चालनमा आउन थालेका छन् । जिल्लाको कार्मारोङ्गमा गाउँपालिका, सोरु गाउँपालिका र खत्याड गाउँपालिकाका विद्यालय लामो समयपछि पुन: सञ्चालनमा आउन थालेका हुन\ ।

गाउँपालिका क्षेत्रमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या शून्य रहेको र स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाइ सामाजिक दूरी कायम राख्दै विद्यालय सञ्चालनमा ल्याइएको मुगुम कार्मारोङ्ग गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तीर्थबहादुर कठायतले जानकारी दिए ।

विद्यालय खुलेपछि सावधानीपूर्वक विद्यार्थीलाई पठनपाठन सुरु गरेका र विद्यालयमा मास्क, स्यानिटाइजर जस्ता स्वास्थ्य सुरक्षा अपनाएको बुद्ध माध्यमिक विद्यालय मांग्रीका प्रधानाध्यापक टिकाप्रसाद उपाध्यायले जानकारी दिए ।

कोरोना जोखिम कम भएपछि भौतिक उपस्थितिमै कक्षा सञ्चालन भइरहेका जनाइएको छ । लामो समयदेखि विद्यालय बन्द भएकfले विद्यार्थीको भविष्य बिग्रिने भएकाले पुनः पठनपाठन गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }