बिहिबार, जेष्ठ ३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सरकारको ध्यान सामुदायिक शिक्षालाई प्रभावकारी बनाउन केन्द्रित : प्रधानमन्त्री देउवा


  • माउन्टेन खबर
  • बुधबार, भदौ २३, २०७८
  • 390
    SHARES

२३ भदौ, काठमाडौं । शिक्षा मन्त्रालयसमेत सम्हालिरहनुभएको प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई साक्षर बनाउन सरकारका क्रियाकलाप केन्द्रित रहेको बताउनुभएको छ।

५५औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा बुधवार गोरखापत्रमार्फत शुभकामना सन्देश जारी गर्दै देउवाले गुणस्तरीय, रोजगारमूलक, व्यवसायिक र प्राविधिक शिक्षामा जोड दिँदै संघीयताको स्वरूप अनुरूप शिक्षालाई जनताको पहुँचभित्र राख्न सामुदायिक शिक्षा प्रणालीलाई प्रभावकारी बनाउन सरकारको ध्यान केन्द्रित भएको उल्लेख गर्नुभएको छ ।

उहाँका अनुसार मुलुकमा कोभिड-१९ को महामारीबीच पनि साक्षर नेपालको अभियान अगाडि बढिरहेको छ । निरन्तर शिक्षालाई संस्थागत गर्दै आगामी दिनमा बाँकी (२३ जिल्ला)को साक्षरता अभियान सञ्चालन गरी साक्षर नेपाल घोषणा गर्नेतर्फ सरकारका गतिविधि केन्द्रित हुन उहाँले उल्लेख गर्नुभएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }