बिहिबार, जेष्ठ ३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाली काँग्रेस काठमाडौं महानगरको सभापतिमा नीलकाजी शाक्य


  • माउन्टेन खबर
  • सोमवार, अशोज १८, २०७८
  • 465
    SHARES

१८ असोज, काठमाडौं । नेपाली काँग्रेस काठमाडौं महानगरपालिकाको सभापतिमा नीलकाजी शाक्य निर्वाचित हुनुभएको छ ।

आईतवार राती सम्पन्न नेपाली काँग्रेसको काठमाडौं महानगरपालिकाको सभापतिमा प्रतिष्पर्धी प्रगतीमान रञ्जीतलाई पराजित गर्दै शाक्य निर्वाचित हुनुभएको हो । निर्वाचित भएपछि सभापति शाक्यले काठमाडौं महानगरमा छरिरहेको काँग्रेसलाई एकत्रित गर्ने लक्ष्य रहेको बताउनुभयो । उहाँले अबको चुनावमा काँग्रेसलाई ३२ सै वडामा जिताउने आफ्नो लक्ष्य रहेको पनि बताउनुभयो ।

सभापति शाक्यले भन्नुभयो, ‘मेरो उमेद्दवार घोषणा भइसकेपछि काठमाडौंमा मात्रै होइन, पूर्वदेखि पश्चिम महाकालीसम्मका जनताले दुःख कष्ट झेलेको यो उमेद्दवारलाई जिताउनुपर्छ भनेअनुसार नै काठमाडौंमा जतिपनि ३२ वडाका वडा सभापति ज्यूहरु सबैले मलाई जुन किसिमले विश्वास गरेर जिताउनुभयो, ती सबै प्रजातन्त्रका योद्धाहरुलाई मेरो भित्र अन्तरआत्माबाट मुरीमुरी धन्यवाद दिन चाहन्छु,अब काठमाडौं महानगरलाई कसरी जाने, के गर्ने भन्ने जुन एउटा उद्देश्य छ त्यो उद्देश्य भनेको छरिरहेको काठमाडौंमा छरिरहेको काँग्रेसलाई एकत्रित बनाएर शक्ति निर्माण गर्ने र आउँदो चुनावमा मेयरदेखि ३२ सै वडामा चुनाव जिताउने मेरो लक्ष्य छ ।’

उहाँले नेपालको पूर्वदेखि पश्चिमसम्मका जनताले आफूलाई चुनेकोमा खुशी व्यक्त गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }