मङ्लबार, बैशाख २५, २०८१

अर्घाखाँची काँग्रेस सभापतिमा ४ जनाको उम्मेदवारी दिने तयारी


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज २२, २०७८
  • 317
    SHARES

काठमाडौँ, २२ असोज । नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय नेतृत्वका लागि रस्साकस्सी जति बढ्दो छ, जिल्ला नेतृत्वका लागि पनि उत्तिकै कसरत भइरहेको छ ।

कांग्रेसको महाधिवेशन कार्यतालिका अनुसार पहाडी र तराईका जिल्लाहरुमामा दशै पछि मात्रै जिल्ला नेतृत्वको चयनका लागि अधिवेशन हुँदैछ ।

१३ औं महाधिवेशनमा जिल्ला सभापतिमा विष्णु प्रसाद खनाल सर्वसम्मत बनेका थिए । स्थानिय निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई विजयी बनाउन उल्लेखनिय भुमिका खेलेका मुस्कान लुम्बिनी प्रदेशको पदाधिकारीमा पौडेल पक्षबाट दाबी गरेपनि पछिल्लो समय फेरि जिल्ला सभापतिमै उठ्ने भनेर आफ्नो छुट्टै सम्पर्क कार्यालय खोली चुनावी अभियानमा लागेका छन् ।

सबैभन्दा पहिले क्रियाशील सदस्यताको सूची केन्द्रमा बुझाउने जिल्ला बनेको अर्घाखाँची कांग्रेसको नेतृत्व लिन झण्डै आधा दर्जन नेताहरु प्रत्याशी बनेका भए पनि अहिले जम्मा ४ जना नेताहरुले मात्रै उम्मेदवारी दिने घोषणा गरेका छन् ।

जिल्ला सभापतिको नेतृत्व लिन युवा नेताहरु अग्रसर छन् । १३ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधीमा सबैभन्दा बढी मत ल्याएर विजयी भएका इन्द्रमणि पौडेल सभापतिका रूपमा बलिया उम्मेदवार रहेको बुझिन्छ । महाधिवेशन प्रतिनिधि पौडेल अर्घाखाँची कांग्रेसका युवा नेता हुन् । उद्यमशीलता र युवा रोजगारीलाई प्राथमिकता दिएको बताउने पौडेलले आसन्न जिल्ला अधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरि प्रचारप्रसारमा जुटेका छन् ।

जिल्ला सभापतिको दावेदारका रुपमा दक्षिण खाँचीका पुराना नेता वर्तमान सचिव छविलाल पौडेल लबिङ्गमा लागे पनि अहिले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

महिला नेतृ समेत रहेका महिला संघका जिल्ला अध्यक्ष तथा काँग्रेस उपसभापति शान्ता भण्डारी पनि सभापतिको दाबेदार हुन । महिलाहरुलाई पार्टीमा आकर्षित गराउन १४ औं महाधिवेशनमा आफू पार्टी सभापतिको उम्मेदवार हुने बताएपनी नेतृ भण्डारीले पनि महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने बताइन् ।

शिक्षक संघका अध्यक्ष रहेका यादवप्रसाद घिमिरे अर्घाखाँची कांग्रेसको सभापतिका अर्का दावेदार हुन् । नेपाल शिक्षक संघको जिल्ला अध्यक्ष रहेका घिमिरे अधिवेशनमा प्रतिस्पर्धा गर्न शिक्षक पेशाको जागिर छोडेर मैदानमा उत्रने चर्चा छ । उनले भने जिल्ला सभापतिमा शेरबहादुर देउवा पक्षबाट आफू उम्मेदवारी दिने बताइएको छ ।

महासमिति सदस्य केशव श्रेष्ठको नाम पनि सभापतिको उम्मेदवारका रुपमा चर्चामा छ । तरुण दल हुँदै पार्टी राजनीतिमा सक्रिय श्रेष्ठले सभापति बन्न लागेका उनी उम्मेदवारी घोषणा गरेर चुनावी प्रचारप्रसारमा जुटेका छन् ।

काँग्रेसका पुर्व जिल्ला सहसचिव बाबुराम पौडेल पनि सभापतिका दाबेदार उम्मेदवार हुन । समाजसेवामा सक्रिय पौडेल सभापति बन्न चाहे पनि अहिले उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरि प्रचारप्रसारमा जुटेका छन् ।

महाधिवेशनमा अर्घाखाँचीमा देउवा पक्ष र पौडेल पक्षको लडाई हुने देखिन्छ । पौडेल पक्षका शान्ता भण्डारी, छविलाल पौडेल, केशव क्षेष्ठ हुन् । यादव घिमिरे भने देउवा निकटका हुन । घिमिरे काँग्रेसका केन्द्रीय सदस्यद्वय पुष्पा भुसाल र मानबहादुर विश्वकर्मासँग नजिक छन् । बाबुराम पौडेल भने देउवा निकट बालकृष्ण खाणसँग नजिक छन् ।

महाधिवेशन प्रतिनिधी इन्द्रमणि पौडेल भने कुनै गुटमा देखिएका छैनन् । युवा स्वरोजगार दिलाएको भन्दै जित सुनिश्चित हुन युवा टिमबाटै उम्मेदवार बन्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }