आइतवार, असार २, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

जनकपुर खानेपानी संस्थानका निमित्त प्रमुखमाथि दुर्व्यवहार गर्ने १३ जना पक्राउ


  • माउन्टेन खबर
  • बिहिबार, कार्तिक ४, २०७८
  • 439
    SHARES

४ कात्तिक, काठमाडौं । जनकपुरस्थित खानेपानी संस्थानका निमित्त प्रमुखमाथि दुर्व्यवहार गर्ने सीके राउतका १३ जना कार्यकर्ता पक्राउ परेका छन् ।

बिहिबार जनकपुरको खानेपानी संस्थानका निमित्त प्रमुख राजेश कुशवाहालाई कार्यकर्ताहरुले मोसो दलेर अर्धनग्न नगर परिक्रमा गरी दुर्व्यहार गरेको भन्दै प्रहरीले १३ जनालाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।

बिहीबार लाठीसहित जनकपुर उपमहानगरपालिका घेराउ गर्न आएका उनीहरुले कुशहवाको लुगा खोलेर हिलो छ्याप्दै बजार घुमाएका थिए । खानेपानी कार्यालयले सडकमा ढल निकासीमा ध्यान नदिएको र कुशहवामाथि भ्रष्ट्राचारको आरोप रहेको भन्दै उनीहरुले दुर्व्यवहार गरेका हुन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }