बिहिबार, जेष्ठ ३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सुदूरपश्चिममा कोरोना सङ्क्रमणको जोखिम बढ्दै


  • माउन्टेन खबर
  • आइतवार, कार्तिक १४, २०७८
  • 236
    SHARES

१४ कात्तिक, सुदुरपश्चिम । सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएको छ । पछिल्लो केही सातायताको यहाँको कोरोना सङ्क्रमणको अवस्था हेर्दा जोखिम बढ्दै गएको देखिएको छ ।

गत असोज ३१ गतेदेखिको लगातार तीन दिनको वर्षा र दसँैंतिहारका बेला घरबाहिर रहेका गाउँ फर्किएपछि यहाँ सङ्क्रमणको जोखिम बढेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँघरमा भिडभाड बढेको छ, परीक्षण हुनपाएको छैन, यसले जोखिम बढाएको छ ।” यसका साथै कात्तिक पहिलो साताको अविरल वर्षापछि विस्थापितहरु एकै ठाउँमा बसेकाले पनि जोखिम बढेको डा अवस्थीको भनाइ छ ।

बेमौसमी वर्षाले गर्दा गाउँघरमा भाइरल ज्वरोका बिरामी बढेका छन् । उनीहरुको परीक्षण गरिएको छैन । परीक्षण ग¥यो भने सङ्क्रमणको अवस्था अझै बढ्ने आकलन गरिएको छ । पछिल्लो समय कोरोना सङ्क्रमणसँग मिल्दाजुल्दा लक्षण देखिएपछि परीक्षण नगर्ने गरेकाले पनि झनै जोखिम बढेको डा अवस्थीले बताउनुभयो । “लक्षण देखिएको तथा बिरामी भएको धेरै समयपछि उपचारका लागि आउने गर्दा सङ्क्रमण बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “समयमै उपचारका लागि नआउँदा अकालमै ज्यान समेत गुमाउने गरेका छन् । ”

पछिल्लो केही सातायता दिनहुँजसो सङ्क्रमणका कारण मृत्यु हुने गरेको छ । समयमै उपचारका लागि नआउदा मृत्यु हुने दर बढेको जनाइएको छ । उहाँले कोरोना सङ्क्रमणसँग मिल्दा जुल्दा लक्षण देखिनासाथ हेलचेक््याई नगरी समयमै उपचार गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }