बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सुदुरपश्चिमको मन्त्रिपरिषद बैठक स्थगित


  • माउन्टेन खबर
  • आइतवार, कार्तिक १४, २०७८
  • 529
    SHARES

१४ कात्तिक, सुदुरपश्चिम । सुदूरपश्चिम प्रदेशको आज बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ ।

सत्तापक्षका (एकीकृत समाजवादी पाटी) संसदीय दलका नेता तथा मन्त्रिपरिषद् सदस्य दीर्घ सोडारी अनुपस्थित हुने भएपछि बैठक स्थगित गरिएको हो ।

आज २ बजे बोलाइएको बैठक स्थगित गरी भोलि १२ बजेका लागि आह्वान गरिएको प्रदेश सरकारी प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले बताइन् ।

‘महत्त्वपूर्ण एजेन्डामा भरसक सबैको उपस्थिति हुनु आवश्यक हुन्छ’, मन्त्री जोशीले भनिन्, ‘दलका नेता सोडारीको पूर्वनिर्धारित अर्को महत्त्वपूर्ण कार्यक्रम परेको रहेछ । त्यसैले सो बैठक सारिएको हो ।’

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)