मङ्लबार, जेष्ठ ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सडकबाटै गाडी चार्ज हुने प्रविधिको परीक्षण गर्दै अमेरिका


  • माउन्टेन खबर
  • बिहिबार, मंसिर १६, २०७८
  • 672
    SHARES

पछिल्लो समय विद्युतीय सवारीप्रति मानिसहरुको चासो र आकर्षण बढिरहेका बेला यसलाई चार्ज गर्ने प्रणाली र प्रविधिका बारेमा पनि चर्चा हुँदै आएको छ।

यसै क्रममा अमेरिकामा विद्युतीय गाडी सडकमा गुड्दा गुड्दै चार्ज हुने प्रविधिको परीक्षणमा जुटिरहेको पाइएको छ।

बिक्रीको आँकडा हेर्ने हो भने यो वर्ष विश्वभरमा इलेक्ट्रिक भेहिकलको बिक्री कारहरुको समग्र बिक्रीको तुलनामा ४ प्रतिशतले कम हुने अपेक्षा गरिएको छ।

यसको एउटा मुख्य कारण लामो यात्राका क्रममा सजिलैसँग रिचार्ज गर्नसक्ने सुविधा उपलब्ध नहुनु हो। ईभीको रेन्ज, चार्जिङ समय तथा चार्जिङ स्टेशनको उपलब्धता यसपछि आउने समस्याहरु हुन्।

चार्जिङका लागि लाग्ने समय पनि ठूलो समस्यामध्येको एक हो। यही समस्या समाधानका लागि अमेरिकाले गाडी गुड्दै गर्दा उक्त गाडीको ब्याट्री वायरलेस हिसाबले चार्ज गर्नसक्ने खालको प्रविधियुक्त सड़क बनाउनेतर्फ काम गरिरहेको हो। यसका लागि इन्डक्टिभ चार्जिङ नामको प्रविधिको विकास गरिन लागेको छ।

यसै वर्षको जुलाईमा अमेरिकाको इन्डिया राज्यको यातायात विभाग तथा परड्यू यूनिभर्सिटीले विश्वकै पहिलो वायरलेस चार्जिङ कंक्रिट हाइवेको योजना बनाएका थिए।

यस परियोजनामा एस्पायर नामको इन्जिनियरिङ रिसर्च सेन्टरले काम गरिरहेको छ। यसलाई नेशनल साइन्स फाउन्डेले आर्थिक सहयोग गरेको छ।

एस्पायरको क्याम्पस निर्देशक नाडियाका अनुसार संस्थाको उद्देश्य इलेक्ट्रिक सवारीहरु सडकमा गुडिरहेको बेला चार्ज गर्नु हो। यसका लागि चुम्बकीय कंक्रिट प्रविधिको उपयोग गरिने भएको छ जसमा आइरन अक्साइड, निकल तथा जिंक जस्ता धातुहरुको सम्मिश्रण रहेको हुन्छ।

यो कंक्रिट जर्मन कम्पनी म्यागमेन्टले विकास गरेको हो। हाल यस प्रविधिलाई थुप्रै चरणमा परीक्षण गरिँदै छ।

यसरी हुन्छ काम

कंक्रिट मिक्स्चरमा बिजुलीको करेन्ट मिसाएर यसलाई चुम्बकीय बनाइन्छ। यसबाट एउटा चुम्बकीय क्षेत्र बन्छ जसले गाडीलाई वायरलेस हिसाबले चार्ज गर्दछ।

पेटेन्ट दर्ता गरिएको सामग्रबाट बन्ने १२ फिट लम्बाइ तथा ४ फिट चाडाइ भएका प्लेट या बक्सलाई सडकको केही इन्चमुनि दबाइन्छ। यो बक्समा पावर ग्रिड जोडेर करेन्ट दौड़ाइन्छ।

उक्त करेन्ट प्रवाह हुने भएकाले सडकमा गुडिरहेका ईभीको ब्याट्लाई चार्ज गरिदिन्छ। कारमा राखिएको एउटा सानो बक्समारफत् उक्त पावर ब्याट्रीसम्म पुग्ने गर्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }