शुक्रबार, जेष्ठ ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेस प्रदेश १ सभापतिमा उद्धव थापा विजयी , गुरु घिमिरे २ मतले पराजित


  • माउन्टेन खबर
  • सोमवार, मंसिर २०, २०७८
  • 671
    SHARES

विराटनगर, २० मङ्सिर

कांग्रेस महाधिवेशनअन्तर्गत प्रदेश १ को पहिलो अधिवेशनमा देउवा–सिटौला समूहका उद्धव थापा सभापतिमा निर्वाचित भएका छन् । उनले कोइराला–पौडेल समूहका गुरु घिमिरेलाई २ मतले पराजित गरेका हुन् ।

थापाले खसेको १ हजार ७ सय ५२ मत मध्ये ८ सय ४४ र घिमिरेले ८ सय ४२ मत पाएको उनले बताए । थापा झापा जिल्लाका पूर्वसभापति हुन् भने घिमिरे केन्द्रीय सदस्य तथा नेपाल विद्यार्थी संघका पूर्वसभापति हुन ।

त्यसैगरी पदाधिकारीतर्फ एक महामन्त्रीबाहेक सबैमा देउवा सिटौला पक्ष विजयी भएका छन् । कोइराला समूहबाट उम्मेदवार समीकरण मिलाउँदा उचित मूल्यांकन नभएको भन्दै पक्षधर कार्यकर्ताले केन्द्रीय नेतासामू असन्तुष्टि जनाएका थिए । त्यसकै परिणाम मतदानको यो नतिजा आएको कार्यकर्ताको भनाइ छ । यो प्रदेश सभापतिका आकांक्षी शेखर कोइरालाको गृहक्षेत्र हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }