शुक्रबार, जेष्ठ ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

“उडेको आकाशः डुलेको धर्ती”को पाठकीय समीक्षा


  • माउन्टेन खबर
  • मङ्लबार, मंसिर २८, २०७८
  • 863
    SHARES

डिसेम्बर १२, २०२१ आइतबारका दिन अन्तराष्ट्रिय नेपाली साहित्य समाजले सन्चालन गर्दै आएको साहित्य सम्बाद ४३ औ श्रृङ्खलामा साहित्यकार गीता खत्रीको भरखरै प्रकाशनमा आएको आठौं कृति उडेको आकाशः डुलेको धर्ती नियात्रासङ्ग्रहको पाठकीय समीक्षा प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा प्रमुखवक्ताको रुपमा प्रा.डा सावित्री कक्षपति तथा अन्य वक्ताहरुमा अनेसासका केन्द्रीय सदस्य तथा साहित्यकार डा. रेणुका सोलु, साहित्यकार भवानी खतिवडा तथा प्राध्यापक, समालोचक ज्ञानु अधिकारी हुनुहुन्थ्यो । कार्यक्रममा साहित्यकार गीता खत्रीको उपस्थित हुन नसकेकोले उहांको प्रतिनिधित्व गर्दै पुस्तक प्रकाशनका बारेमा तथा आयोजकलाई धन्यवाद दिनका लागि अनेसास केन्द्रीय सल्लाहकार राम खत्रीको उपस्थिति थियो । अनेसास केन्द्रीय महासचिव श्री सर्बज्ञ वाग्लेले उपस्थित पाहुनाहरुलाई हार्दिक स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै साहित्यकार भवानी खतिवडाले स्रष्टा गीता खत्रीलाई शुभकामना दिदै भन्नु भयो — नेपाली नारीहरु पनि विश्व भ्रमणमा निस्कन सक्ने भएका छन् । भ्रमण गर्नु एउटा सत्कर्म त हो नै । भ्रमणका कुरा लेखेर पाठकलाई आफू संगै त्यही ठाउंमा पु¥याउन सक्नु ठूलो कुरा हो । जहां जांदापनि उहाले त्यो भ्रमणको उद्देश्यको बारेमा केही हरफ लेखिदिएर पाठकको मनलाई आफू तिर खिच्न सफल हुनुभएको छ स्रष्टा गीता खत्री । प्रत्येक शिर्षकले पाठकको मन जित्न सफल भएको छ यो कृति ।

कार्यक्रममा बोल्दै प्राध्यापक तथा समालोचक ज्ञानु अधिकारीले भन्नु भयो — नियात्राले ५ बटा क लाई छोएको हुनुपर्छ । को, कहिले, कहा, किन, कसरी । यी पांचै कुरालाई समावेश गरिसकेपछि त्यो यात्रामा भएका हलचल, कौतुहलता, यसले जीवनका के परिबर्तन ल्यायो जस्ता कुराहरु भएपछि एउटा सफल नियात्रा बन्दछ । ती सबैकुरा गीता खत्रीको यो कृतिमा समावेश भएका छन् । उहां आफू मात्र घुम्नु भएको छैन हामीलाई समेत संगै घुमाउनु हुन्छ । यो सफल कृति हो भन्ने मलाई लागेको छ । स्रष्टालाई बधाइ तथा शुभकामना दिनु भयो ।

डा सोलु — आफु डुलेको ठाउको धर्म संस्कृति , चालचलनको प्रस्तुती , धेरै जसो ठाउमा पुग्दा नेपाल सम्झदै नेपालको विकास किन भएन भनेर चिन्ता गरिएको छ । राम्रा पक्षहरुको कुरा आप्mनो देशमा यस्ते भए हुन्थ्यो भनि आशा लगाइएको छ । अनुसानले गर्दा जापानले यस्तो विधि विकास गर्न सफल भएको हो । हामीले पनि अनुसान र सही नेतृत्व दिन सक्यौं भने नेपाल पनि जापानजस्तै राम्रो हुन सक्छ । जहातही देशको मायालाई बोकेर हिडनु भएको छ । यो सबैले एकपटक पढनै पर्ने कृति हो ।

सावित्रि — शुभकामना तथा बधाई । व्यक्तिगत लगायत सामाजिक काममा लागेपछि टुग्याइ छाडने जुझारु महिला हुनुहुन्छ । कर्मयोगीको रुपमा म उहालाई देख्छु । उहाभित्र रहेका दूरदर्शीताले उहांलाई अगाडि बढाइरहको छ । यो किताब एउटा यात्रीहरुलाइ डो¥याउने नक्सा जस्तै छ । गीता खत्रीका लेखन शैली एकदम सरल भएर बगेका छन् । पाठकलाई आफुसंगै घुमाउन सफल हुनुभएको छ । नियात्रा विधामा यो कृति विशिष्ट योगदान हुनेछ भन्ने मलाई लागेको छ ।

कार्यक्रमको संयोजन अनेसास केन्द्रीय महासचिब श्री सर्बज्ञ वाग्लेले गर्नु भएको थियो भने कार्यक्रम प्रस्तोता अनेसास केन्द्रीय कोषाध्यक्ष श्री कृष्ण गिरीले गर्नु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }