शुक्रबार, बैशाख २१, २०८१

ईन्जिनीयरिङ परिषद्को सदस्यमा उम्मेदवार दिएका बायोमेडिकल ईञ्जिनीयर हरिराम दवाडी को हुन् ?


  • माउन्टेन खबर
  • बुधबार, पुस २८, २०७८
  • 764
    SHARES

काठमाडौँ, २८ पुस । नेपाल ईन्जिनीयर एशोसियशनको ईन्जिनीयरिङ परिषद्को सदस्यमा बायोमेडिकल ईन्जिनियर हरिराम दवाडीले उम्मेदवारी दिनुभएको छ ।

नेपाल ईन्जिनीयर एशोसियशनको ३३ औँ केन्द्रीय कार्यकारिणी समितिको आगामी माघ ७ गते देशभर हुन लागेको निर्वाचनमा ईन्जिनीयर डाक्टर हरिबहादुर दर्लामीले नेतृत्व गर्नुभएको समूहबाट ईन्जिनीयरिङ परिषद्को सदस्यमा बायोमेडिकल इञ्जिीनीयर दवाडीले उम्मेदवारी दिनुभएको हो ।

कोरोनाको समयमा नेपाली काँग्रेसले गठन गरेको बायोमेडिकल टिमको संयोजक भएर काम गर्नुभएका दवाडीले ईञ्जिनीयर काउन्सिलमा रहेर देशभरका इन्जिनीयरको व्यवसायीक हक, हित र अधिकारका लागि लड्नका लागि आफूले काउन्सिल सदस्यमा उम्मेदवारी दिएको बताउनुभयो ।

को हुन् बायोमेडिकल ईन्जिनीयर हरिराम दवाडी ?

डेढ दशकदेखि नेपालको वायोमेडिकल क्षेत्रमा आवद्ध दवाडी बायोमेडिकल इन्जिनीयरीङ फाउण्डेशन नेपाल (विफोन)को संस्थापक संयोजक हुनुहुन्छ । त्यसबाहेक उहाँले राष्ट्रिय मृगौला केन्द्र बनस्थली, चिरायु नेशनल अस्पताल, पिपुल्स मेडिकल कलेज, जनमैत्री अस्पताल, अल नेपाल अस्पताल, बालमैत्री अस्पताल, कान्तिपुर डेन्टल कलेज, नेपाल नेशनल अस्पताललगायतमा बायोमेडिकल इन्जिनीयरका रुपमा काम गरिसक्नुभएको छ ।

सरकारको स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागको नेशनल वाइड मेन्टिनेन्स कार्यक्रमअन्तर्गत सुदूर तथा मध्यपश्चिम क्षेत्रका ३० जिल्लामा सिनियर वर्कसप म्यानेजरका रुपमा काम गर्नुभएको थियो ।

यस्तै, हेल्थ केयर इन्टरनेशनल र हेल्थ टेक इन्जिनीयरीङ कन्सल्टेन्सीमा कन्सलटेन्ट बायोमेडिकल ईन्जिनीयर भएर कार्य गरिसक्नुभएका ई दवाडीले एशियाका विभिन्न अस्पताल तथा नेपालको सरकारी, तथा नीजि अस्प्तालमा बायोमेडिकल सम्बन्धि सहयोग गरिरहेको ग्रेडियन हेल्थ सिस्टम अमेरिकाको संस्थामा कन्सल्टेन्ट भई काम गर्नुभएको छ ।

उहाँले कोरोनाको समयमा नेपाली काँग्रेसले गठन गरेको बायोमेडिकल टिमको संयोजक भएर फ्रन्टलाइनमा काम गर्नुभएको थियो । देशभर कोरोनाको संक्रमणका समयमा मानिसहरु घरमा थुनिएर बसेको अवस्थामा दवाडी पार्टीको तर्फबाट देशका विभिन्न अस्पताल पुगेर आईसीयु, एनआईसीयुलगायतका विग्रिएका मेडिकल इक्विपमेन्ट मर्मत गर्नुभएको थियो । दवाडीले गरेको उक्त कामको काँग्रेसले समेत उच्च प्रशंसा गरेको थियो ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }