बिहिबार, बैशाख २७, २०८१

सौन्दर्यबिद महराद्धारा मल्टिन्युट्रेशन प्रालिको शुभारम्भ


  • माउन्टेन खबर
  • शनिबार, बैशाख १५, २०८१
  • 58
    SHARES

ललितपुर । नेपालमा युरोपियन मेडिकेटेड ब्युटी प्रडक्टहरूको बिक्रेता मल्टिन्युट्रेशन प्रालिले आफ्नो आउटलेट ललितपुरको मानभवनमा सञ्चालनमा ल्याएको छ ।

मल्टिन्युट्रेशन प्रालिको आज शनिबार एक विशेष कार्यक्रममार्फत वरिष्ठ ब्युटिसियन सुष्मा महराले रिबन काटेर उद्घाटन गरिन् । उनी नेपालको नम्बर वान फेसियल हाउसकी प्रबन्ध निर्देशक पनि हुन् ।

मानभवनस्थि एभिन्यु–८८ बिल्डिङको दोस्रो तल्लामा अवस्थित मल्टिन्युट्रेशन प्रालिको उद्घाटन गर्दै कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी सुष्मा महराले युरोपियन कन्ट्री पोल्याण्डमा उत्पादन गरिएको प्रडक्टहरू अत्यन्तै फाइदाजनक रहेको बताइन् ।

‘म पनि आफू राम्री देखिन मल्टिन्युट्रेशनकै प्रडक्टहरू युज गरिरहेकी छु । उमेरले ४० कटिसकेँ, तै पनि ४० कटेकोजस्तो नदेखियोस् भनेर म ती प्रडक्टहरू प्रयोग गरिरहेकी छु,’ वरिष्ठ ब्युटिसियन महराले भनिन्, ‘मेड इन पोल्याण्डबाट आएका यी प्रडक्टहरू नेपाल आउनेवित्तिकै मेरो हातमा आइपुगेको थियो । मैले प्रयोग गरेँ, परिणाम राम्रो दियो त्यसैले अहिले धेरै मन पर्छ र अरुलाई पनि प्रयोगका लागि सिफारिस गर्ने गरेकी छु ।’

कोलाजिनका प्रडक्टहरूमा राम्रो फाइदा रहेको भन्दै उनले धेरैलाई रिकमेण्ड गर्ने गरेको सुनाइन् । २० वर्षदेखि ६० वर्ष उमेर समूहलाई लक्षित गरेर नेपाल भित्र्याइएका यी प्रडक्टहरू मुख्यतः ३० वर्ष कटेपछि अधिक प्रयोग हुने गरेको उनको भनाइ छ ।

मानिसको उमेर बढ्दै जाँदा कोलाजिन ड्यामेज हुने र त्यसको रिपेयरका लागि मल्टिन्युट्रेशनका प्रडक्टहरू प्रयोग गर्न सकिने मल्टिन्युट्रेशनकी किरण तामाङले जानकारी दिइन् । उनका अनुसार प्रडक्टहरू मेडिकेटेड भएको तथा कपाल, स्किन, आइब्रो, नेल्स र आइलासिसका लागि प्रयोग गर्न सकिन्छ । त्यस्तै, चायाँपोतो, रिङकल र पिम्पल्सहरूमा पनि यी प्रडक्टहरू प्रयोग गर्न सकिने उनले बताइन् ।

होलसेललाई प्राथमिकतामा राखेर प्रडक्ट बिक्री गरिरहेको मल्टिन्युट्रेशन प्रालिले ग्राण्ड ओपनिङको अवसर पारेर हरेक प्रडक्टमा १० प्रतिशत छुट उपलब्ध गराएको बताएको छ । मल्टिन्युट्रेशनले ल्याउने प्रडक्टहरू मल्टिन्युट्रेशनबाहेक काठमाडौंको काठमाण्डू मललगायत देशका विभिन्न शहरमा अवस्थित फेसियल हाउस र तिनका आउटलेटहरूमा पनि पाइने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }