शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

दमक नगरपालिकामा राप्रपाका थापा निर्वाचित


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ ६, २०७९
  • 366
    SHARES

६ जेठ, काठमाडौं । दमक नगरपालिकाको प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विजयी भएको छ । राप्रपाका तर्फबाट रामकुमार थापा नगरप्रमुखमा निर्वाचित हुनुभएको हो भने उपप्रमुखमा नेपाली कांग्रेसबाट रेगिना भट्टराई निर्वाचित हुनुभयो ।निर्वाचित थापाले १७ हजार ५२५ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम् प्रतिस्पर्धी एमालेको गीताकुमारी पौडेल अधिकारीले १७ हजार ७२ मत प्राप्त गर्नुभयो । थापा र अधिकारीको मतान्तर ४५३ रहेको छ । अधिकारी विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा सोही नगरको उपप्रमुखमा निर्वाचित हुनुहुन्थ्यो ।

उपप्रमुख पदमा निर्वाचित भट्टराईले १६ हजार ९६६ मत प्राप्त गर्दा एमालेका अम्विकाप्रसाद खनालले १६ हजार ५७४ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा भट्टराई र खनालको मतान्तर ३९२ छ । अन्ठाउन्न हजार १७६ मतदाता रहेको नगरमा १८ हजार ७१६ पुरुष र २१ हजार १७९ महिला गरी ३९ हजार ८९५ जनाले मतदान गरेका थिए ।वडाध्यक्षमा १ मा एमालेका हरिप्रसाद न्यौपाने, २ मा एमालेकै प्रजापति सापकोटा, ३ मा एमालेका नवीन बराल, ४ मा कांग्रेसका पुण्यप्रसाद दाहाल निर्वाचित हुनुभयो ।

त्यस्तै वडा नं ५ मा एमालेका इन्द्रबहादुर गुरुङ, ६ मा एमालेकै टेकबहादुर थापा, ७ मा राप्रपाका भीमप्रसाद पौडेल, ८ मा एमालेका धर्मप्रसाद दाहाल, ९ मा एमालेकै कुवेरप्रसाद भट्टराई र१० मा कांग्रेसका राजेन्द्रप्रसाद भण्डारी निर्वाचित हुनुभयो । छ दलीय गठबन्धनबाट राप्रपाका थापालाई प्रमुखका साझा उम्मेदवार बनाइएको थियो । मतगणनाको सुरुदेखि नै दमकमा गठबन्धन र एमालेबीच कडा–कडा प्रतिष्पर्धा हुँदै आएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)