बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सुनसरी घटना : मृतक परिवारलाई २ लाख, घाइते र आगजनीपीडितलाई ५० हजार राहत


  • माउन्टेन खबर
  • बुधबार, साउन १३, २०८३
  • 38
    SHARES

काठमाडौँ – कोशी प्रदेशमा पछिल्लो समय देखिएको तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै विराटनगरमा बसेको सर्वदलीय बैठकले सामाजिक सद्भाव, साम्प्रदायिक एकता, शान्ति तथा सुरक्षा कायम गर्न सबै पक्षले समन्वयात्मक भूमिका निर्वाह गर्ने निर्णय गरेको छ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पहलमा बसेको बैठकले घटनामा मृत्यु भएका व्यक्तिका परिवारलाई प्रदेश सरकारका तर्फबाट जनही २ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको हो। त्यस्तै, आगजनीबाट घर तथा पसलमा क्षति पुगेका र घाइते भएकाहरूलाई राहत तथा उपचारका लागि जनही ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरिएको छ।

बैठकले देवानगञ्जमा भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

सामाजिक सद्भाव र साम्प्रदायिक एकता मजबुत बनाउन राजनीतिक, सामाजिक तथा प्रशासनिक क्षेत्रबीच समन्वय बढाउने निर्णयसमेत बैठकले गरेको छ। त्यसका लागि स्थानीय तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी सद्भाव अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने र स्थानीय प्रशासनसँगको समन्वयमा सद्भाव यात्रा तथा सार्वजनिक अपिललगायतका कार्यक्रम अघि बढाउने निर्णय भएको मुख्यमन्त्री कार्कीले बताएका छन्।

बैठकले सबै धार्मिक समुदायका संघ–संस्थालाई संयुक्त अपिल जारी गर्दै सामाजिक सद्भाव कायम गर्न समन्वय र सहजीकरणमा सक्रिय भूमिका खेल्न आग्रह गरेको छ। साथै, सीमाक्षेत्रबाट हुन सक्ने अवाञ्छित गतिविधिप्रति सुरक्षा सतर्कता बढाउने निर्णय गरिएको छ।

घाइतेहरूको उपचार तथा मृतकका परिवारलाई राहत उपलब्ध गराउन संघीय सरकारसँग आवश्यक सहयोगका लागि अनुरोध गर्ने निर्णयसमेत सर्वदलीय बैठकले गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)