बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

मिस ग्राण्ड नेपाल २०२२ हुने


  • माउन्टेन खबर
  • बिहिबार, भदौ ९, २०७९
  • 516
    SHARES

काठमाडौं, ९ भदौ

मिस ग्राण्ड नेपाल २०२२ को १० औं संस्करण हुने भएको छ ।

बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोजकले १० औं संस्करण हुने जानकारी दिएको हो । सन् २०१३ देखि हुँदै आएको प्रतियोगिता यो दशौं संस्करण हो । यसपटक भने कस्मो इभेन्ट्स र बोली क्लव ग्रुपको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो । यस पटकको मिस ग्राण्ड नेपाल हिंसा र युद्ध रोकौँ भन्ने मुल नारासहित सञ्चालन हुँदैछ । सहभागी हुन चाहनेले भदौ ११ गतेबाट अडिसन दिनुपर्ने र १३ गते छनोट हुने आयोजकले बताएको छ । १४ गते ओरिन्टियसन गराइने र भदौ २५ गतेकाठमाडौंस्थित एक होटलमा ग्राण्ड फिनाले हुने जनाएके छ ।

प्रतियोगितामा सहभागी युवतीहरु १८ देखि २८ वर्ष उमेर समूहको हुनुपर्ने र यसमा देशभरका युवतीहरु सहभागी बन्न पाउनेछन् । सहभागी युवतीको उचाई ५ः४ इन्च हुनुपर्नेछ । पत्रकार सम्मेलनमा बोल्दै अभिनेता अनुपविक्रम साहीले प्रतियोगिताको निष्पक्ष निर्णय गर्ने बताउनु भयो । त्यस्तै ¥यापर आशिष राना (लाहुरे) ले गीत गाइरहेको भएपनि अब नयाँ क्षेत्रमा प्रवेश गरेर उत्कृष्टता प्रदान गर्ने लक्ष्य लिएको बताउनु भयो ।

मिस ग्राण्डमा प्रथम हुने युवतीले इण्डोनेशियाको बाली र जाकार्तामा हुने कार्यक्रममा अक्टोबर ४ देखि २५ सम्म सहभागी बन्न पाउनेछन् । युवतीको शैक्षिक योग्यता प्ल्स टू पास हुनुपर्नेछ । प्रतियोगिताले युवतीहरुको आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }