बिहिबार, कार्तिक ६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सुशीला गौतम र खेम सेन्चुरीको स्वरमा ‘मोरे सैया’ गीत सार्वजनिक


  • माउन्टेन खबर
  • शनिबार, भदौ ६, २०८३
  • 190
    SHARES

काठमाडौं-  लोकदोहोरी गायिका सुशीला गौतमको नयाँ सांगीतिक प्रस्तुति ‘मोरे सैया’ सार्वजनिक भएको छ। सुशीला गौतम र खेम सेन्चुरीको संयुक्त स्वर रहेको यस गीतमा प्रेमभावका साथै नेपाली संस्कृतिको झल्को समेत प्रस्तुत गरिएको छ।

 

नेत्र अर्यालद्वारा शब्द रचना गरिएको यस गीतमा खेम सेन्चुरीले नै संगीत तथा हुकलाइन तयार पारेका हुन्। गीतको रेकर्डिङ कुमार विश्वकर्माले गरेका छन् भने संगीत संयोजनको जिम्मेवारी एचबीएन किस्मतले सम्हालेका छन्।

सुनिल बीकेको निर्देशनमा तयार पारिएको भिडियोमा गरिमा शर्मा र खेम सेन्चुरी मुख्य भूमिकामा देखिएका छन्। नेपाली मौलिक पहिरन र पर्यटकीय स्थल सौराहाको प्राकृतिक परिवेशलाई समेटेर गरिएको छायांकनले गीतको भावलाई थप जीवन्त बनाएको छ।

गीतको छायांकन अनिल के. मानन्धरले गरेका छन् भने सम्पादन प्रविन भट्टले गरेका हुन्। गल्बन्दी प्रोडक्सनको प्रस्तुतिमा रहेको यो गीत सुशीला गौतमको युटुब च्यानलसहित विभिन्न डिजिटल प्लेटफर्महरूमार्फत दर्शक तथा श्रोतासामु पुगेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)