आइतवार, अशोज ४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

दीपमाला ढकाल बनिन् मिस नेपाल वर्ल्ड–२०२६


  • माउन्टेन खबर
  • शनिबार, साउन १६, २०८३
  • 178
    SHARES

काठमाडौं – मिस नेपाल–२०२६ को उपाधि दीपमाला ढकालले जितेकी छन्। ललितपुरको द प्लाजा पुल्चोकमा सम्पन्न ग्राण्ड फिनालेमा उनलाई मिस नेपाल वर्ल्ड–२०२६ घोषणा गरिएको हो।

 

 

यसैगरी, आर्या निशान्त मिस नेपाल इन्टरनेशनल–२०२६ तथा कशिश सुब्बा मिस नेपाल कोस्मो–२०२६ घोषित भएका छन्। प्रतियोगिताको निर्णायक मण्डलमा मिस कोस्मो योलिन्डा लिंडक्विस्टसहित विभिन्न क्षेत्रका विज्ञहरूको सहभागिता रहेको थियो। प्रतियोगिताको आयोजना द हिडन ट्रेजर ले गरेको हो।

 

विजेता दीपमाला ढकाल यसअघि मिस नेपाल हङकङ इन्टरनेशनल–२०२६ को उपाधिसमेत जितिसकेकी छन्। उनी विश्वप्रसिद्ध लगानी व्यवस्थापन कम्पनी ब्ल्याकरकमा इन्भेस्टमेन्ट स्ट्राटेजिस्टका रूपमा कार्यरत छिन्।

ढकाल केवल सौन्दर्य प्रतियोगिताकी विजेता मात्र होइनन्, उनी ब्ल्याक बेल्ट तेक्वान्दो खेलाडी, रनवे मोडल, अन्तर्राष्ट्रिय कार्यक्रम सञ्चालक (होस्ट) तथा म्याराथन धाविका समेत हुन्। उनी गैरआवासीय नेपाली संघ (एनआरएनए) को इतिहासमै सबैभन्दा कम उमेरमा निर्वाचित सदस्य बनेकी थिइन्।

हाल उनी नेपाल क्यान्सर अस्पतालकी गुडविल एम्बास्डर का रूपमा पनि सक्रिय छिन्। मिस वर्ल्डको अन्तर्राष्ट्रिय मञ्चमार्फत क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने आफ्नो अभियानलाई विश्वस्तरमा पुर्‍याउने लक्ष्य रहेको उनले बताउँदै आएकी छन्।

दीपमालाको परिवारसँग पनि मिस नेपालको विशेष सम्बन्ध रहेको छ। उनकी आमाले सन् १९९४ मा आयोजित पहिलो मिस नेपाल प्रतियोगितामा सहभागिता जनाएकी थिइन्। अहिले छोरीले मिस नेपाल वर्ल्ड–२०२६ को ताज जितेसँगै परिवारको त्यो यात्रा नयाँ उचाइमा पुगेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)