सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सुदूरपश्चिम प्रदेश : माओवादी संसदीय दलको नेतामा भट्ट सर्वसम्मत


  • माउन्टेन खबर
  • आइतवार, पुस १७, २०७९
  • 339
    SHARES

धनगढी । सुदूरपश्चिम प्रदेशमा नेकपा (माओवादी केन्द्र) का नेता खगराज भट्ट संसदीय दलको नेतामा सर्वसम्मत चयन हुनुभएको छ । आइतबार बिहान प्रदेश संसदीय दलको कार्यालयमा भएको बैठकमा भट्ट सर्वसम्मत चयन हुनुभएको हो ।

नेता भट्ट माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्जसमेत हुनुहुन्छ ।

दलको नेतामा केन्द्रीय सदस्य ओमविक्रम भट्टलेसममेत दाबी गर्नुभएको थियो तर अन्तिम समयमा उहाँले भट्टलाई समर्थन गर्नुभयो ।

यसअघि शनिबार बसेको संसदीय दलको बैठकमा दुवै नेताले दाबी नछाड्दा सहमति हुनसकेको थिएन । भट्ट डडेल्धुरा निर्वाचन क्षेत्र ९१० बाट निर्वाचित हुनुभएको थियो । नेपाली कांग्रेस नेतृत्वको तत्कालीन गठबन्धनका साझा उम्मेदवार रहनुभएका भट्टलाई भावी मुख्यमन्त्रीका रुपमा अघि सारिएको थियो ।

उहाँलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । नेकपा(एमाले) नेतृत्वको नयाँ गठबन्धनमा समेत सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्रलाई दिइने सम्भावना रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }