मङ्लबार, जेष्ठ ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सुदुरपश्चिम प्रदेश

दोस्रो पटक मन्त्रीपरिषद विस्तार , अझै पनि एमाले र माओवादी केन्द्र सरकार बाहिर


  • माउन्टेन खबर
  • बुधबार, बैशाख १९, २०८१
  • 43
    SHARES

कैलाली- सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री दिर्घबहादुर सोडारीले अगामी वैशाख २१ ग्ते विश्वासको मत लिने तयारी गर्नुभएको छ । दोस्रो पटक मन्त्रीपरिषद विस्तार गरेसँगै उहाँले विश्वासको मत लिने तयारी गर्नुभएको हो ।

नागरिक उन्मुक्ती पार्टीबाट दुई जना मन्त्री बनेसँगै विश्वासको मत पाउनेमा ढुक्क बन्नुभएका मुख्यमन्त्री सोडारीले आगामी बैसाख २१ गते बिश्वासको मत लिने तयारी गर्नुभएको छ । तर दोस्रो पटक मन्त्रीपरिषद विस्तार गर्दा पनि सत्तारुढ दुई ठुला दल नेकपा एमाले र माओवादी केन्द्र सरकारमा सहभागी भएका छैनन् ।

निकै रस्साकस्सीका बिच मुख्यमन्त्री नियुक्त हुनुभएका नेकपा एकिकृत समाजवादीका नेता दिर्घबहादुर सोडारीले नागरिक उन्मुक्तीका दुई जना मन्त्री बनेसंगै विश्वासको मत लिने तयारी गर्नुभएको हो । आफुसंगै उन्मुक्तीका कैलाश चौधरीलाई भौतिक पुर्वाधार विकास मन्त्री नियुक्त गर्नुभएका सोडारीले उन्मुक्तीकै टिका थापालाई भुमी ब्यवस्था, कृषी तथा सहकारी मन्त्रीमा नियुक्त गर्नुभएपछि उहाँले विश्वासको मत लिने तयारी गर्नुभएको हो । उन्मुक्तीका २, एमालेका ११, माओवादीका १०, समाजवादीका ४ र १ स्वतन्त्र सहित २८ सांसद आफ्नो पक्षमा रहेको दावी गर्नुभएका सोडारीले अब २१ गते विश्वासको मत लिने तयारी गर्नुभएको छ । गठबन्धन दलहरुसँगको छलफल निरन्तर राख्नुभएका मुख्यमन्त्री सोडारीले २१ गते बिश्वासको मत पाउनेमा बिश्वस्त रहेको बताउनुभयो ।

नागरिक उन्मुक्ती पार्टीको रञ्जिता श्रेष्ठ पक्षका दुई मन्त्री नियुक्त भइसक्नुभएकाे छ । माओवादीले विश्वासको मतपछि मन्त्री सिफारिस गर्ने तयारी गरेको छ । आफ्नो दलबाट मन्त्री पठाउन माओवादीले लिष्ट तयार पारेको छ । पार्टीले अहिले मन्त्री सिफारिस गर्नेदेखि आलोपालो मुख्यमन्त्रीको बारेमा पनि छलफल निरन्तर चलाएको माओवादी केन्द्र सुदुरपश्चिम प्रदेशका संसदीय दलका नेता मानवहादुर धामीले बताउनुभयो ।

मुख्यमन्त्री सोडारीले गठबन्धन दलका नेताहरु संग बिश्वासको मत लिने बारे छलफल समेत गर्नुभएको छ । एमाले सहित सहभागी बैठकमा सोडारीले २१ गते बिश्वासको मत लिने बताउनु भएको थियो । यद्दपी एमालेले मन्त्री पठाउने र बिश्वासको मत दिने बारे निर्णय गरेको छैन । संसदीय दलले अहिलेसम्म कुनै आधिकारिक निर्णय नगरेकाले नेतृत्वको निर्देशन पर्खिरहेको नेकपा एमाले सुदुरपश्चिम प्रदेशकी उपनेता सन्तोष शर्माले जानकारी दिनुभयो ।

मुख्यमन्त्री सोडारी काठमाण्डौँ पुगेर गठबन्धन दलका सबै नेताहरुलाई भेटेर फर्किसक्नुभएको छ । एमाले अध्यक्ष ओलीको समेत बिश्वासको मत दिने आश्वास पाएपछि सोडारीले २१ गतेको तयारी गरेको समाजवादी नेताहरु बताउँछन् ।

बिश्वासको मत पाएसंगै सोडारीले २ एमाले, २ माओवादी र एक स्वतन्त्रलाई समेटेर मन्त्रीपरिषदलाई पुर्णता दिने तयारी थालिएको छ । यसका लागि एक मन्त्रालय फुटाउने समेत तयारी गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }