बुधबार, बैशाख १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सोनाम ल्होसारमा निःशुल्क मुटुको जाँच तथा रक्तदान


  • माउन्टेन खबर
  • सोमवार, माघ ९, २०७९
  • 321
    SHARES

काठमाडौँ । सेफ्स एशोसियशन अफ नेपालको आयोजनामा निःशुल्क मुटुको जाँच तथा रक्तदान गरिएको छ ।

एशोसियशनले सोनाम ल्होसारको अवसरमा आज नेपाल हार्ट फाउण्डेशनको सहकार्यमा निःशुल्क मुटुको जाँच तथा प्रसुती रक्त सञ्चार केन्द्र थापाथलीको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै एशोसियशनका अध्यक्ष श्यामबहादुर लामाले एउटा व्यक्तिले दिएको रगतले अर्को व्यक्तिको जीवन जोगिन सक्ने भएकाले एशोसियशनले सामाजिक कार्यअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेको जानकारी दिनुभयो ।

“रक्तदान पुण्य काम हो, तपाईँले गरेको रक्तदानले अरु कसैको ज्यान जोगिन सक्छ, पुण्य काममा सबै सहभागी बनौँ,”– उहाँले भन्नुभयो । सोही अवसरमा नेपाल हार्ट फाउण्डेशनका अध्यक्ष सानुबाबु प्रजापति र वरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रेमराज बैद्यले मुटुको जाँच गर्नुभएको थियो ।

एशोसियशनद्धारा आयोजित कार्यक्रममा ५३ जनाले रक्तदान गरेका थिए भने ५० भन्दा वढी व्यक्तिले मुटुको जाँच गराउनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }