
काठमाडौं । नेपाल टेलिकमले वार्षिकोत्सवको अवसरमा फाइभजीको आन्तरिक परीक्षण सुरु गर्ने भएको छ । टेलिकमले आज बबरमहल र सुन्धाराको कार्यालयबाट फाइभजीको परीक्षण सुरु गर्न लागेको हो ।
२ हजार ६ सय मेगाहर्ज ब्याण्ड अन्तरगत टेलिकमले फाइभजी सेवाको थालनी भएको हो ।सो सेवाको यो सेवाको उपयोग गर्न तत्काललाई टेलिकमका कर्मचारीले मात्रै पाउने कम्पनीले जनाएको छ ।
टेलिकम काठमाडौंमा फाइभजीको औपचारिक परीक्षणपछि टेलिकमले सातै प्रदेशका मुख्य सहरहरुमा परीक्षण गर्ने तयारी गरेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले परीक्षण अनुमति दिएको झण्डै दुई वर्षपछि फाइभजीको परिक्षण सुरु गर्न लागिएको हो ।