
काठमाडौं । एमालेले बागमती प्रदेश सरकार छाडेको छ । शुक्रबार मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले राखेको विश्वासको प्रस्तावमाथि बोल्दै प्रदेशका आर्थिक योजना मन्त्री जगन्नाथ थपलियाले सरकार छाड्ने बताएका हुन् ।
साथै मुख्यमन्त्रीको विश्वासको प्रस्तावको विपक्षमा समेत मत दिने एमालेले बताएको छ ।