शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

बागमति प्रदेश: लामाको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुदै ,आजै शपथ


  • माउन्टेन खबर
  • आइतवार, चैत्र २६, २०७९
  • 241
    SHARES

मकवानपुर ।  बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज मन्त्रिपरिषद् विस्तार गर्न लाग्नुभएको छ । दुई जना मन्त्रीलाई आज बेलुकी नै शपथ खुवाउने तयारी भएको छ । नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहनुभएका बहादुरसिंह लामाको नेतृत्वमा कांग्रेस प्रदेश सरकारमा जाने भएको हो ।

बहादुरसिंह लामा आर्थिक मामिला तथा योजनामन्त्री र काभ्रेका कांग्रेस सांसद तीर्थ लामा खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्रीका रूपमा नियुक्त गरेर आजै शपथ ग्रहण गराउन लाग्नुभएको हो । प्रदेश सभामा शपथ ग्रहणको तयारी भइरहेको बताइएको छ ।

अरू बाँकी मन्त्रीको सल्लाह पनि गर्दै गर्ने र आज भने आफूसहित दुई जना सरकारमा जाने कांग्रेस संसदीय दलका नेता लामाले बताउनुभयो । एकीकृत समाजवादीका तर्फबाट पनि आज मन्त्री बनाउने तयारी भए पनि उसको पार्टीबाट मन्त्री बन्नेको नाम अहिले सम्म प्राप्त नभएको उहाँले बताउनुभयो ।

दुई जना मन्त्रीहरूको शपथ ग्रहण आज बेलुकी पाैने ७ बजे गर्ने तयारी गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }