शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

च्याट जीपीटीसँग प्रतिस्पर्धा गर्न नयाँ एआई ल्याउँदै अलिबाबा


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र २८, २०७९
  • 251
    SHARES

चिनीयाँ टेक्नालोजी कम्पनी अलिबाबाले ‘टोन्ग्यी क्वानवेन’ नामक कृतिम बौद्धिकता (एआई) ल्याउने घोषणा गरेको छ । च्याट जीपीटीसँग प्रतिस्पर्धा गर्ने मनसायले अलिबाबाले उक्त कदम अपनाएको हो ।

अलिबाबा कम्पनीको क्लाउड कम्पनी ईकाइले निकट भविष्यमा अलिबाबाका व्यवसायहरुमा च्याटबटलाई एकीकृत गर्ने बताएको छ । तर उक्त कुराको विवरणहरु टाइमलाइनमा भने दिइएको छैन ।

हालसालै विश्वभरका टेक्नोलोजी कम्पनीहरुले आफ्नै उत्पादनमूलक एआई च्याटबटहरु सुरु गरेका छन् । वर्षको सुरुमा नै कम्पनीले च्याटजीपीटीसँग प्रतिस्पर्धा गर्न नयाँ एआई एप ल्याउन लागेकोबारे बताएको थियो ।

टोन्ग्यी क्वानवेनको अर्थ ‘एकै पटकमा हजारौं प्रश्नहरुको समेत जवाफ खोज्न सक्षम’ भन्ने हुन्छ । तर अलिबाबाले यतिन्जेल उक्त प्रविधिको अंग्रेजी नाम भने दिएको छैन ।

‘हामी प्राविधिक परिवर्तनको मोडमा छौं, जुन उत्पादनमूलक एआई र क्लाउड कम्प्युटिङद्वारा सञ्चालित छ’ अलिबाबाका अध्यक्ष र प्रमुख कार्यकारी ड्यानियल झाङले टोन्ग्यी क्यानवेनको प्रक्षेपणमा भने ।

अङ्ग्रेजी र चिनियाँ भाषामा काम गर्न सक्ने उक्त एपलाई सुरुमा अलिबाबाको कार्यस्थल मेसेजिङ एप ‘डिङ टक’ मा थपिने कम्पनीले जनाएको छ । यसले बैठकमा हुने कुराकानीलाई लिखित नोटमा परिणत गर्ने, इमेल लेख्ने र व्यापार प्रस्तावहरूको मस्यौदा तयार गर्नेलगायत धेरै कार्यहरू गर्ने कम्पनीले जनाएको छ ।

उक्त एआईलाई ‘टीमल जीनी’ एपमा समेत एकीकृत गरिने कम्पनीले जनाएको छ । टीमल जीनी अमेजनद्वारा सञ्चालित ‘अलेक्सा’ जस्तै एक आवाज सहायक स्मार्ट स्पीकर हो ।

नोभेम्बरमा माइक्रोसफ्ट–समर्थित ओपन एआईले च्याटजीपीटी जारी गरेपछि धेरै प्राविधिक कम्पनीहरुले उत्पादनमूलक एआइ बनाउन रुची देखाएका छन् । उक्त किसिमका एआई विगतको डाटाबाट सिकेर मान्छेले नै सिर्जना गरेजस्तो सामाग्री सिर्जना गर्न सक्छ । च्याटजीपीटीले इन्टरनेटको प्रयोगमा लेखन शैलीको नक्कल समेत गरी मानिसले जस्तै भाषामा प्रश्नहरुको जवाफ दिन सक्छ ।

फेब्रुअरीमा माइक्रोसफ्टले आफ्नो खोज इन्जिन बिंगमा नयाँ प्रविधि थप्न अर्बौं डलर खर्च गरेको थियो । कम्पनीले वर्ड, एक्सेल, पावरपोइन्ट र एक्सेललगायतका अफिस एपहरुमा च्याटजीपीटीको संस्करण थप्ने बताएको छ ।

अल्फाबेटद्वारा सञ्चालित गुगल र चिनियाँ प्राविधिक समूह बैदुले पनि आफ्नै एआई च्याटबटहरु सार्वजनिक गरेका छन् ।

उत्पादनमूलक एआईको व्यवस्थापनका लागि चीनको साइबरस्पेस नियामकले मंगलबार मस्यौदा तयार गरेको छ । प्रस्तावित नियमहरू अन्तर्गत, कम्पनीहरूले प्रविधिलाई तालिम दिन प्रयोग गरिने डाटाको वैधताका लागि जिम्मेवार हुनेछन्, चीनको साइबरस्पेस प्रशासनले भन्यो । प्रस्तावहरूमा प्रतिक्रिया दिन जनतासँग मे १० सम्मको समय छ ।

गत महिना टेक्नोलोजी उद्योगका उच्च–प्रोफाइल व्यक्तित्वहरूको समूहले एआई प्रणालीहरूको प्रशिक्षणलाई मानवताको लागि खतराको रुपमा व्याख्या गरेका थिए । उक्त टोलीले खतराको अवस्था आउन नदिन प्रशिक्षण निलम्बन गर्न आह्वान गरेको थियो ।

ट्विटरका प्रमुख कार्यकारी एलोन मस्क र एप्पलका सह–संस्थापक स्टीव वोज्नियाकले सम्भावित जोखिमहरूको चेतावनी दिने खुला पत्रमा हस्ताक्षर गरेका थिए । र एआई प्रणालीहरू विकास गर्ने दौडबाट बाहिर भएको बताएका थिए।

यसैबीच, लगानी बैंक गोल्डम्यान साक्सको हालैको रिपोर्टमा एआईले ३०० मिलियन पूर्णकालिन कामदारहरुलाई विस्थापन गर्नसक्ने अनुमान प्रस्तुत गरिएको छ ।

देशको डाटा–सुरक्षाको गोपनियता भंग हुने भन्दै यस महिनाको सुरुवातमा इटालीले देशमा च्याटजीपीटीलाई ब्लक गरेको थियो ।

बीबीसी

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }