
रसुवा। रसुवा जिल्लाको नौकुण्ड गाउँपालिकामा शेर छोवाङ थिङ तामाङ्को सभापतित्वमा नेपाली कांग्रेसको कार्यसमिति सर्वसम्मत पुनर्गठन सम्पन्न भएको छ।
त्यसैगरी उपसभापतिमा जय बहादुर घले,कृष्ण बहादुर थिङ र मनोनीतमा ङवाङ दोर्जे तामाङ चयन भएको छ्न।
पार्टीको कार्यसमितिको सचिवमा धर्म बहादुर थोक्रा, लालहिरा तामाङ र रमेश तामाङ चयन भएको हो।
त्यसैगरि सहसचिवमा नेमा छेजु तामाङ र अशोक रसाइली चयन भएको छ्न। पार्टीको कोषाध्यक्षमा शुक्रमान पाख्रेन सर्वसम्मत मनोनीत भएका छन।
त्यसैगरी कार्यसमितिको सदस्यमा गाउँपालिकाको छ ओटै वडाबाट एक महिला सहित दुई खुला सदस्य चयन भएको हो।
कार्यसमितिको सदस्यमा अल्पसंख्यक,खसआर्य,जनजाति,दलित र अपाङ्ग को एक एक जना सदस्य पनि चयन भएका छ्न।
अधिवेशनको उद्घाटन समारोह पार्टीको जिल्ला सचिव लक्ष्मण देवकोटाको प्रमुख अतिथ्यमा सम्पन्न भएको हो।