बुधबार, अशोज १७, २०८०

दूरसञ्चार सेवालाई थप प्रतिस्पर्धी र गुणस्तरिय बनाउन तेस्रो अपरेटर ल्याउने योजनामा नियामक


  • माउन्टेन खबर
  • शुक्रबार, असार २२, २०८०
  • 114
    SHARES

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले तेस्रो मोबाइल सेवा प्रदायक ल्याउने योजना अघि सारेको छ।

नेपाली दूरसञ्चार बजारमा एनटीसी र एनसेलको डुओपोली अर्थात द्वयधिकार तोड्न तेस्रो मोबाइल अपरेटर आवश्यक रहेको प्राधिकरणले सार्वजनिक गरेको नेपालमा मोबाइल सेवामा फ्रिक्वेन्सी प्रयोगको वर्तमान अवस्था र भावी योजना सम्बन्धी अवधारणा पत्र/स्वेत पत्रमा उल्लेख छ।

नेपालमा मोबाइल अपरेटरको रुपमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम (एनटीसी) र एनसेल आजियाटा लिमिटेडले मात्र सेवा उपलब्ध गराई गरेका छन्। मोबाइल सेवामा डुओपोली हुँदा प्रतिस्पर्धा कम हुनुका साथै पछिल्लो समय यसको प्रभाव गुणस्तरमा पनि झल्किएको प्रतिवेदनमा उल्लेख छ।

यस्तोमा दूरसञ्चार सेवालाई थप प्रतिस्पर्धी र गुणस्तरिय बनाउन नियामकले नयाँ खेलाडीको आवश्यकता महशुस गरेको छ।

प्रचलित कानुनका आधारमा नयाँ सेवा प्रदायकलाई मोबाइल अपरेटरको रुपमा सेवा सञ्चालन गर्न असम्भव छ। यस विषयलाई मध्यनजर गर्दै प्राधिकरणले फ्रिक्वन्सी अक्सनका आधारमा लाइसेन्स दिने कानून निर्माण गर्ने तयारी गरिरहेको छ। हाल दूरसञ्चार सेवाका लागि लाइसेन्स भएका संस्थाले मात्र फ्रिक्वेन्सी प्राप्त गर्न सक्ने व्यवस्था छ।

अब हुने अक्सनको बिजेताले स्पेक्ट्रमका साथै मोबाइल ब्रोडब्यान्ड सेवा प्रदायकको लाइसन्स प्राप्त गर्ने श्वेत पत्रमा उल्लेख छ। यस्तो सेवा प्रदायकले प्राधिकरणले आजको मितिसम्म खुल्ला गरेको कुनै पनि सेवाका लागि योग्य (लाइसेन्स) हुनेछ।

विद्यमान सेवा प्रदायकहरू र नयाँ प्रवेशकर्ताहरूलाई समान अवसर र बजार उपलब्ध गराएर दूरसञ्चार क्षेत्रलाई थप प्रतिस्पर्धी बनाउने प्राधिकरणको प्रतिवद्धता छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सम्वाददाता : अनिसा निरौला
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ