बुधबार, अशोज १७, २०८०

घट्यो बागमती प्रदेशको गाडीभाडा


  • माउन्टेन खबर
  • बिहिबार, साउन ११, २०८०
  • 73
    SHARES

काठमाडौं । बागमती प्रदेश सरकारले आजदेखि लागु हुनेगरी भाडा घटाएको छ । नेपाल आयल निगमले इन्धनको स्वचालित मूल्य लागू गरेसँगै बागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयले गाडी भाडा समायोजन गरेको हो ।

मन्त्रालयको अनुसार बागमती प्रदेशमा चल्ने लामो रुटको सवारीमा २.३० प्रतिशत, मालबाहक सवारी साधन (ट्रक)मा ३.१ प्रतिशत र सिटी बसहरुमा ३.२६ प्रतिशतले भाडा घट्ने छ ।

काठमाडौं उपत्यकामा ७ किलोमिटरसम्म चढ्ने वित्तिकै सार्वजनिक यातायातले १९ रुपैयाँ भाडा लिने गर्थ्यो । आजदेखि भने १ रुपैयाँ घटेर चढ्ने वित्तिकै १८ रुपैयाँ भाडा लाग्ने छ । यस्तै उपत्यकामा ५ देखि १० किलोमिटर दुरीको भाडा २५ रुपैयाँ थियो भने बिहीबारदेखि २४ रुपैयाँ कायम हुनेछ ।

यसअघि बागमती प्रदेश सरकारले गएको जेठ ११ गते प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्दै साविकको तुलनामा भाडादर समायोजन गरेको थियो । जसमा हालसम्म लिईँदै आएको २० रुपैयाँको १९ रुपैयाँ, २७ रुपैयाँको २५ रुपैयाँ, ३२ रुपैयाँको ३० रुपैयाँ र ३५ रुपैयाँको ३२ रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सम्वाददाता : अनिसा निरौला
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ