सोमवार, असार ३१, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

साइबर सुरक्षा विनियमावली संशोधन गर्दै प्राधिकरण


  • माउन्टेन खबर
  • बिहिबार, साउन १८, २०८०
  • 186
    SHARES

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले साइबर सुरक्षा विनियमावली २०७७ संशोधन गर्ने तयारी अघि बढाएको छ। साइबर सुरक्षा विनियमावली संशोधन गर्न प्राधिकरणले सरोकारवालहरुसँग राय, सल्लह, सुझाव माग गरेको छ।

प्राधिकरणले सम्बन्धित सबै सरोकारवालहरु लगायत विनियमावलीका व्यवस्थाहरु पलना गर्ने सन्दर्भमा दूरसञ्चार सेवा प्रदायकहरुका कुनै समस्याहरु र विनियमावली संशोधन गर्नु पर्ने विषयहरु भए जानकारी उपलब्ध गराउनका लागि साउन १७ गते बुधबार सूचना जारी गरेको छ। सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र बुँदागत रुपमा र संशोधन गर्नु पर्ने कारण पुष्ट्याई सहित लिखित रुपमा राय, सल्लाह, सुझाव उपलब्ध गराउन प्राधिकरणले अनुरोध गरेको छ।

सूचना प्रविधिको बढ्दो प्रयोगसँगै साइबर सुरक्षाका लागि आवश्यक पर्ने उत्कृष्ट अभ्यास कार्यान्वयन गर्न प्राधिकरणले अग्रसरता बढाएको हो। आईसीटी पूर्वाधार र सूचना प्रणालीमा विभिनन साइबर आक्रमण तथा जोखिमबाट बचाउनका साथै सूचना तथा सञ्चार प्रविधिका सेवाहरु प्रयोग गर्ने सेवाग्राहीहरुमा विश्वसनियता कायम राख्न प्राधिकरणले साइबर सुरक्षा विनियमावली संशोधन गर्न खोजेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }