बुधबार, अशोज १७, २०८०

लोपोन्मुख तथा पछाडि परेका समुदायमा निःशुल्क स्वास्थ्य बीमा सुरु


  • माउन्टेन खबर
  • शुक्रबार, साउन १९, २०८०
  • 75
    SHARES

बागमती । बागमती प्रदेश सरकारले प्रदेशका १३ जिल्लाका लोपोन्मुख तथा पछाडि परेका समुदायको निःशुल्क स्वास्थ्य बीमा गराउने प्रक्रिया सुरु गरेको छ । उक्त कार्यक्रमका लागि बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि रु पाँच करोड २५ लाख बजेट बिनियोजन गरेको छ ।

स्वास्थ्य मन्त्रालयले सीमान्तकृत लोपोन्मुख, आश्रममा आश्रित, अपाङ्गता (क) र (ख) वर्ग भएका व्यक्तिहरुको निःशुल्क स्वास्थ्य बीमा गर्न लागेको बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयका प्रवक्ता दीपकप्रसाद तिवारीले जानकारी दिनुभयो । कूल १३ जिल्लाका एक सय १९ वडामा स्वास्थ्य बीमा गराउन लागिएको हो ।

मन्त्रालयका अनुसार गत आवमा आश्रममा आश्रितहरुको मात्र बीमा गरिएको थियो । चालु आवमा बीमा बोर्डमार्फत प्रत्येक वडासम्म पुग्ने गरी कार्यक्रम तय गरिएको छ । स्वास्थ्य बीमा नभएका कारण औषधि उपचार गर्दा महँगो खर्च हुने र पैसा अभावकै कारणले उपचार गराउन पाउन समस्या छ । सोही समस्यालाई ध्यानमा राख्दै प्रदेश सरकारले लक्षित निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न लागेको हो ।

निःशुल्क बीमामा अधिकतम पाँच जनासम्मको परिवारलाई रु एक लाखदेखि एक लाख २५ हजारसम्मको बीमा गरिन्छ । बीमितले तोकिएको सरकारी तथा निजी अस्पतालमा निःशुल्क उपचार र औषधिको सुविधा पाउनेछन् ।

स्वास्थ्य बीमा बोर्डका अनुसार मकवानपुरमा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या बढ्दै गएको छ । हालसम्म करिब एक लाख ५२ हजारभन्दा बढी व्यक्तिले स्वास्थ्य बीमा भइसकेको छ । पाँच वर्षअगाडि सुरु गरिएको बीमा कार्यक्रम अन्तर्गत ९१ प्रतिशतले नवीकरण गराइसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सम्वाददाता : अनिसा निरौला
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ