आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कोशी प्रदेश सरकारको सम्बन्धमा निर्णय लिने अधिकार अध्यक्ष लिङ्देनलाई


  • माउन्टेन खबर
  • मङ्लबार, अशोज १६, २०८०
  • 170
    SHARES

काठमाडौं । राप्रपाले कोशी प्रदेश सरकारको सम्बन्धमा निर्णय लिने अधिकार अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ ।

अध्यक्ष लिङ्देनको अध्यक्षतामा सोमवार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कोशी प्रदेश सरकारको सम्बन्धमा उपयुक्त समयमा पार्टीको पदाधिकारीहरूसंग परामर्श गरी पार्टी अध्यक्षले टुंगो लगाउने निर्णय गरेका् प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आगामी मंसिर ९,१० र ११ गते बस्ने निर्णय गरेको छ । यसैगरी बैठकले दैनिक उपभोग्य बस्तुमा भएको चरम मुल्यबृद्धि लगायत जनजीविकासँग सम्बन्धित विषयमा सरकारलाई गम्भीर बन्न दबाब दिने र यस सम्बन्धमा तत्काल प्रधानमन्त्रीलाई‌ ज्ञापनपत्र बुझाउने निर्णय पनि गरेको छ । बैठकले मुलुकमा ब्याप्त भ्रष्टाचार, दण्डहिनता र समग्र बेथितिका बिरुद्ध राप्रपाले प्रदेश स्तरिय बिरोध प्रर्दशन तथा सभाको तयारी गर्न सबै प्रदेशहरुलाई निर्देशन दिने निर्णय गरेको छ ।

प्रवक्ता श्रेष्ठका अनुसार पार्टीको हित र स्वार्थमा‌ आघात पुग्ने गरी अनुशासनहिन कार्य गरेकाले पार्टीको अनुशासन समितिको सिफारिस बमोजिम झापाका केन्द्रीय सदस्य नवराज पनेरु (राजु) र मोरङ्ग जिल्ला‌ कार्यसमितिका पुर्व प्रवक्ता कृष्ण घिमिरेलाई निलम्बन गरिएको छ ।

यसैगरी बैकठले महामन्त्री डा। धवल शम्शेर राणाद्वारा प्रस्तुत आगामी आन्दोलन सम्बन्धि कार्ययोजनालाई अन्तिम रुप दिन बरिष्ठ नेता एवम् उपाध्यक्ष बुद्दिमान तामाङ्ग, बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष हेमजङ्ग गुरुङ्ग र महामन्त्रीद्वय डा, धवल शम्शेर राणा र कुन्ती शाही रहेको कार्यदल गठन गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }