शनिबार, बैशाख २२, २०८१

कालिकाबासीको सबै समस्या हल गर्ने मेरो प्राथमिकता : अध्यक्ष देवकोटा (अन्तरवार्ता)


  • माउन्टेन खबर
  • शनिबार, मंसिर २३, २०८०
  • 1.7K
    SHARES

देश संघिय संरचनामा गई स्थानिय तह निर्माण भएपश्चात सिंहदरवारको अधिकार गाउँगाउँमा पुगेको छ । २०७४ सालमा पहिलो पटक देशभरका स्थानिय तहमा जनप्रतिनिधि निर्वाचित भएर आए । सिंहदरवारको अधिकार गाउँगाउँमा पुगेसँगै गाउँगाउँको मुहार फेरिदै गएको छ । स्थानिय जनप्रतिनिधिको रुपमा निर्वाचित भएर आएसँगै जनप्रतिनिधिले मुख्य प्राथमिकता के लाई दिएका छन् ? माउन्टेन खबरले रसुवाको कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटासँग गरेको कुराकानीको सम्पादित अंश :

स्वतन्त्र सार्वभौम सत्ता सम्पन्न नेपाली जनताद्धारा निर्वाचित संविधान सभाबाट २०७२ मा जारी भएको नेपालको संविधानले प्रदत्त गरेका अधिकारहरुलाई प्रयोग गरी २०७३ फागुन ३० गते देखि लागु भएको स्थानीय तहको कार्यान्वयनमा लैजानु पर्ने बाध्यात्मक अवस्थामा स्थानीय तह निर्वाचन २०७४ बैशाखमा सम्पन्न निर्वाचनबाट औपचारिक तवरबाट स्थानीय सरकारको अभ्यास भएको अवस्था हो । नेपालको संविधानले लिएको मुल स्प्रीड कार्यान्वयन गर्नको लागि भए बमोजिम केन्द्र सरकारको अधिकार गाउँ गाउँमा भन्ने नारालाई मूर्तरुपमा लैजानको लागि स्थानीय तह निर्वाचन २०७४ मा पहिलो स्थानीय तहको निर्वाचन भएको हो । स्थानीय तह निर्वाचन २०७४ मा  निर्वाचित स्थानीय सरकार विल्कुनै नयाँ र अन्यौलको अवस्थाबाट गुज्रिएको हुँदा जनतालाई दिने सेवा प्रवाह प्रभावकारी भएको अनुभव भएन । संङ्घीय सरकारबाट निर्माण गर्नु पर्ने ऐन कानूनहरु समयमै तयार भएनन जस्ले २०७४ मा निर्वाचित जनप्रतिनिधिहरुमा अन्यौलको स्थिति सृजना गरेको थियो । स्थानीय तहको क्षेत्राधिकारको पहिचान समेत हुन नसकेकोले सेवा प्रवाह प्रभावकारी भएनन । अन्यौल र ऐन कानूनको अभावका विच अघिल्लो निर्वाचित जनप्रतिनिधिहरुबाट भएका सकारात्मक कार्यसम्पादनलाई कार्यान्वयन गर्दै लैजाने र जनताका आकांक्षाहरुलाई अझ बढी भन्दा बढी सेवा सुविधा प्रवाह गर्ने भन्ने नै मेरो मुल ध्येय रहेको छ । स्थानीय तहबाट हुने सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनु र कालिका गाउँबासीको सपनालाई विपना बनाउनु मेरो प्रमुख कर्तव्य रहन्छ । कालिका गाउँबासीको सपनालाई विपनामा बदल्न, रोजगारीहरु सृजना गर्न, स्वास्थ्य, शिक्षा, पर्यटनको विकास, प्रविधिमैत्री समाज र सामाजिक सुरक्षा, पूर्वाधार लगायतका अन्य विविध क्षेत्रमा आमूल परिवर्तन गर्नको लागि म निर्वाचित हुनु पर्दछ र मैले गर्न सक्छु भन्ने असल मनसायले म २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित भएको हुँ ।

कालिका गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएपछि कस्तो अनुभव गर्नु भएको छ ?

कालिका गाउँपालिका रसुवाको निर्वाचित जनप्रतिनिधि भएको हुँदा कालिका बासीले दिनु भएको जनमतको करद गर्न सक्छुकी सक्दिन भन्ने डर लागेको छ । तर पनि स्पष्ट निति र उद्धेश्यमा दृढ भएको हुँदा सहजता महसुश गरेको छु ।

निर्वाचित भएर आएपछि के कस्ता गतिविधिहरु गर्नुभयो ?

स्पष्ट निति र उद्धेश्यमा दृढ भएको हुँदा त्यसलाई कार्यान्वयन गर्न कानून बनाउने र कार्यान्वयनमा लैजाने प्राथमिकतामा राखेको छु । कार्यालयमा देखिएका प्रशासनीक कमी कमजोरीहरुलाई सुधार गर्ने प्रयासहरु थालिएका छन् । शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्नको लागि महिला बालबालिका तथा दलितलाई विषेश प्राथमिकता दिएर काम गरिएको छ । स्वास्थ्य विमा कार्यक्रमलाई प्राथमिकता दिएर कार्यान्वयनमा लगिएको हुँदा सम्पूर्ण कालिकाबासीले विशेष लाभ लिनुभएको छ । कार्यालयलाई प्रविधिमैत्री बनाउने प्रयास थालिएको छ । रसुवा जिल्लाको कृषि तथा पशुपालन व्यवसायमा उत्कृष्ठ पालिका भएको हुँदा कृषि तथा पशुपालनलाई विशेष प्राथमिकता दिई अनुदानको व्यवस्था गरिएको छ । साथै गाउँ घरमा कृषि तथा पशु प्राविधिकहरुको जनशक्तिको व्यवस्था गरिएको छ । आवश्यकता र औचित्यको आधारमा योजनाहरु छनौट गरी कार्यान्वयनमा लगिएको छ । योजना सम्झौता लगायत भूक्तानी प्रकृयालाई सरलीकृत बनाइएको छ । जेष्ठ नागरिक तथा अपाङ्गहरुलाई न्यानो कपडा वितरण र निशुल्क स्वास्थ्योपचार गाउँघरमै उपलब्ध गराइएको छ ।

आफ्नो कार्यकालभरी मुख्य प्राथमिकता के के लाई दिनु भएको छ ?

मेरो कार्यकालभरी मुख्य प्राथमिकता कालिकाबासीको सुख र सम्बृद्धि नै हो । कालिकाबासीको सबै समस्या हल गर्ने मेरो प्राथमिकता हो । तर पनि शिक्षामा आमुल परिवर्तन, स्वास्थ्य क्षेत्रको सुधार, पूर्वाधारमा  लगानी र दलित बालबालिकाको शिक्षाको अवस्थामा सुधार गर्नु नै मेरो मुल ध्यय रहेको छ ।

समस्या र चुनौतीहरु केही छन ?

कार्य क्षेत्रमा समस्या र चुनौती हुदैनन भन्ने मलाई लाग्दैन । व्यक्ति वा समुदायको आकांक्षालाई पूर्ति गर्न हरसम्भव प्रयास नै मेरो प्राथमिकता हो । ती प्राथिमकतालाई परिपूर्ति गर्नको लागि चाहिने श्रोत साधनको आवश्यकतालाई पहिचान गरी कार्यान्वयनमा लैजानु पर्ने आवश्यकता रहेको छ । म निर्वाचित भएपछि देखिएका र महशुस गरेका केही समस्या र चुनौतीहरु देहाय बमोजिम रहेको छ ।

  • कालिका गाउँपालिकाको आन्तरिक आय एकदमै न्यून रहेको छ । जस्ले केन्द्रले दिने अनुदानमा भर पर्नु पर्ने अवस्था रहेको हुँदा सोचिको जस्तो लगानी गर्न सकिएको छैन ।
  • केही प्रशासनीक कमी कमजोरी रहेका छन । सुधार गर्दै लैजाने प्रयासमा छौं ।
  • कालिका गाउँपालिकाको भौगोलिक अवस्था अत्यन्त कमजोर भएको हुँदा प्राकृतिक विपत्ति जस्तै भूक्षय र पहिरोको जोखिम भएको हुँदा पूर्वाधार निर्माणमा सोचिएको काम गर्न सकिएको छैन ।
  • योजना हात पार्ने र आर्थिक लाभ लिने प्रवृत्ति बढोत्तरी रहेको छ । त्यसलाई निरुत्साहित गर्नुपर्ने आवश्यकता रहेको छ ।

आगामी थप योजना के छन ?

कालिका बासीको सम्पूर्ण आकांक्षा नै पूरा गर्ने चाहना छन । आन्तरिक आय कमी र केन्द्रबाट विनियोजन हुने सिमित बजेट भएको हुँदा ती पुरा गर्न सकिएका छैनन । कालिका बासीको विकासको चाहनालाई मूर्त रुप दिन प्रयासहरु रोकिने छैन । आगामी थप योजनाहरुमा

  • कालिका गाउँ कार्यपालिकाको कार्यालय प्रविधिमैत्री बनाउने र सेवाग्राही सहज सेवा प्रवाहको लागि कार्यालयलाई डिजिटाइजेशमा लगिनेछ ।
  • शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रमा अझ बढी बजेट विनियोजन गरिनेछ ।
  • कृषि र पशु क्षेत्रको विकासको लागि कृषकलाई अनुदानको व्यवस्था दुध ढुवानीको व्यवस्था गरिनेछ ।
  • कालिका गाउँपालिकाको आन्तरिक आय एकदमै न्यून भएको हुँदा आय बृद्धिको लागि नीतिगत सुधार गरि आय क्षेत्रहरु पहिचान गरिनेछ ।

अन्त्यमा

सकारात्मक सोचको प्रतिफल सकारात्मक र राम्रो पक्कै देखिनेछ । यसमा कालिकाबासी र तपाई सञ्चारकर्मीहरुको सृजनात्मक सहयोगले सम्बृद्ध कालिका निर्माणमा टेवा पुग्नेछ भन्ने विश्वास लिएको छु ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }