शुक्रबार, जेष्ठ ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख २०, २०८१
  • 40
    SHARES

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र सत्तारुढ नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच बिहीवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करिव दुई घण्टा भेटवार्ता भएको हो ।

भेटवार्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले समसामयिक राजनीतिक विषयमा छलफल भएको बताउनु भयो । न्युज एजेन्सी नेपालको प्रश्नको जवाफ दिँदै उहाँले संसदको बजेट अधिवेशन बोलाउने मामिला संसद र सरकारको भएको भन्दै छिट्टै अधिवेशन बोलाउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘संसदको अधिवेशन छिट्टै बोलाउनु होला यो सरकारको मामिला हो । संसदको मामिला हो । प्रधानमन्त्रीसँग समसामयिक राजनीति आदि विषयमा छलफल भयो ।’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११:४० बजे पुग्नुभएका ओली दिउँसो १:५३ बजे भेटवार्ता सकि सिंहदरबारबाट बाहिरिनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }