शुक्रबार, जेष्ठ ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

टानव्दारा ल्होसार महोत्सव आयोजना


  • माउन्टेन खबर
  • शुक्रबार, फाल्गुन ४, २०८०
  • 101
    SHARES

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले नेपालको प्रकृति र संस्कृतिमार्फत पर्यटन प्रवर्द्धनमा लाग्नुपर्ने बताउनुभएको छ ।

ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान)ले आज साँझ आयोजित संयुक्त ल्होसार महोत्सवको उद्घाटन गर्दै राज्यमन्त्री सिर्पाली ठकुरीले नेपालमा भएको संस्कृति र प्रकृतिको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताउनुभयो ।

“नेपालको पर्यटन प्रवर्द्धनमा टानको संयुक्त ल्होसारले ठूलो सन्देश दिएको छ, यसले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास छ”, उहाँले भन्नुभयो । पर्वलाई पहिचानको रुपमा अगाडि बढाउनुपर्ने राज्यमन्त्री सिर्पाली ठकुरीको भनाइ थियो ।

अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङले पर्यटन क्षेत्रको विकासमा देखिएका नीतिगत समस्या हटाउन अध्यागमन विभागले सहयोग गर्ने बताउनुभयो । पर्यटन विभागका महानिर्देशक चक्र बुढाले पर्यटन क्षेत्रको विकास र विस्तारमा पर्यटन विभागले काम गरिरहेको उल्लेख गर्नुभयो ।

ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान) का अध्यक्ष निलहरि बाँस्तोला, टानका द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङ, महासचिव विनोद सापकोटा, होटल एशोसिएशन अफ नेपाल (हान) का अध्यक्ष विनायक शाहलगायतले मुलुकको पर्यटन क्षेत्रको विकासका लागि पर्यटनसँग सम्बन्धित सङ्घ संस्थाबीच सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । मुलुकको पर्वतीय पर्यटन क्षेत्रको विकासमा ४५ वर्षको इतिहास बोकेको टानले चार दशकदेखि टान ल्होसार महोत्सव आयोजना गर्दै आएको छ ।
–––

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }