शुक्रबार, जेष्ठ ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

भारतको पर्यटन मेलामा नेपालको सहभागिता


  • माउन्टेन खबर
  • बुधबार, फाल्गुन ९, २०८०
  • 86
    SHARES

काठमाडौँ । भारतको राजधानी नयाँदिल्लीमा सुरु हुन लागेको साउथ एसियन ट्राभल एन्ड टुरिजम एक्सचेञ्ज (साट्टे)मा नेपालले सहभागिता जनाएको छ ।

यसअघि नेपाल पर्यटन बोर्डले सहभागिता जनाउँदै आएको साट्टेमा यसपटक भने ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान०मा आबद्ध व्यवसायीले सहभागिता जनाउनुभएको हो । दिल्लीमा बिहीबारदेखि सुरु हुन लागेको साट्टेमा भाग लिन जान लागेका व्यवसायीलाई आज टानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेको छ । तीन दिनसम्म चल्ने पर्यटन मेलामा टानमा आबद्ध ट्रेकिङ कम्पनी, होटल, ट्राभललगायत २८ कम्पनीले सहभागिता जनाउन लागेको टानका प्रथम उपाध्यक्ष प्रदीप पण्डितले जानकारी दिनुभयो ।

उपाध्यक्ष पण्डितले नेपालको पर्यटन क्षेत्रको प्रमुख बजार भारत भएकाले भारतमा हुन लागेको पर्यटन मेलामा टानले सहभागिता जनाएको बताउनुभयो । टानले दुई हप्तापहिले भारतको मुम्बईमा सञ्चालित आउटवाउन्ड ट्राभल मार्ट (ओटिएम) मेलामा समेत सहभागिता जनाएको थियो । नेपालको पर्वतीय पर्यटन क्षेत्रमा ४५ वर्षदेखि क्रियाशील टानमा हाल दुई हजारभन्दा बढी पर्यटन व्यवसायी आबद्ध रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }