सोमवार, बैशाख १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

एस्फोड़ेल स्कुलद्धारा वरिष्ठ कलाकार श्रेष्ठ र पत्रकार तुफानलाई सम्मान


  • माउन्टेन खबर
  • बुधबार, फाल्गुन १६, २०८०
  • 216
    SHARES

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका अभिनेता शिव श्रेष्ठ र नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष, गोरखापत्र संस्थानका पूर्वअध्यक्ष एवम् राष्ट्रिय समाचार समिति (रासस)का पूर्व प्रमुख समाचारदाता रमेश तुफानलाई सम्मान गरिएको छ ।

एक्पोडेल पब्लिक स्कुल कालिकास्थानको २४ औँ अभिभावक दिवस तथा माध्यामिक शिक्षा परिक्षा (एसईई) उर्तिण विद्यार्थीलाई विदाईको अवसरमा उहाँहरुलाई सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार श्रेष्ठले असल संस्कारसहितको शिक्षा अहिलेको आवश्यकता भएको बताउनुभयो । “पछिल्लो समय विभिन्न स्कुलहरुले शिक्षासँगै कला क्षेत्रलाई पनि प्राथमिकता दिएका छन्, जुन नेपाली कला क्षेत्रका लागि खुशीको कुरा हो,”– उहाँले भन्नुभयो ।

वरिष्ठ पत्रकार तुफानले शिक्षालाई सैद्धान्तिकभन्दा व्यावहारिक बाटोमा लैजान आवश्यक रहेको बताउनुभयो । “बालबालिकालाई कुन बाटोमा डो¥याउँदा राम्रो मान्छे बन्छ भन्ने कुरा अभिभावकको भएकाले बालबच्चाको शिक्षामा अभिभावकको ठूलो भूमिका हुन्छ,”– उहाँले भन्नुभयो ।

काठमाडौँको कालिकास्थानमा विस २०५६ सालमा स्थापना भएको उक्त विद्यालयले पढाईका अतिरिक्त व्यवहारिक शिक्षालाई समेत प्राथमिकता दिँदै आएको विद्यालयका प्राचार्य वीरेन्द्रप्रकाश श्रेष्ठले जानकारी दिनुभयो । उक्त विद्यालयमा हाल ५०० विद्यार्थी अध्ययनरत रहेका छन् ।

गुणस्तरीय शिक्षालाई प्राथमिकता दिएको सो विद्यालयले ब्रिटिस काउन्सिलमार्फत प्रदान गरिने ‘इन्टरनेशनल स्कुल अवार्ड’ समेत हात पारेको छ । सो विद्यालयले हाल ८५ जना गरिब तथा जेहन्दार विद्यार्थीलाई निःशुल्क छात्रावृत्तिमा पढाउँदै आएको विद्यालयकी सहप्राचार्य विभा कालिका मल्ल श्रेष्ठले बताउनुभयो ।

संस्कारसहितको शिक्षा प्रदान गर्दै आएको उक्त विद्यालयले एसईई परिक्षामा १०० प्रतिशत नतिजा हाँसिल गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }