शुक्रबार, जेष्ठ ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

अष्ट्रेलियन पर्वतारोही एली पेपर बिना अक्सिजन अन्नपूर्ण–१ हिमाल आरोहण गर्ने


  • माउन्टेन खबर
  • शनिबार, फाल्गुन २६, २०८०
  • 62
    SHARES

 

काठमाडौं । अष्ट्रेलियाकी महिला पर्वतारोही तथा पूर्व गाईड एली पेपरले यही वसन्त ऋतृमा नेपालको अन्नपूर्ण–१ हिमाल आरोहण गर्ने भएकी छन् । उनले २०२६ भित्र विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु अक्सिजनको प्रयोग नगरी आरोहण गर्ने लक्ष्य रहेको बताइन् ।

आज ९शनिबार० काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एली पेपरले विश्वको १० औं अग्लो ९८,०९१ मिटर० उचाईको अन्नपूर्ण–१ को आरोहण गर्न लागेकी बताइन् । अन्नपूर्ण–१ आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु मध्येको एउटा हिमाल हो ।

उनी आफ्नो सपना पूरा गर्न तयारीका लागि हाल आफ्नो टिमसहित काठमाडौं आइकी हुन् । अन्नपूर्ण–१ को आरोहण उनले हिमाल आरोहण कम्पनी सेभेन समिट ट्रेक्समार्फत गर्न लागेकी जानकारी दिइन् । बिना अक्सिजन हिमाल आरोहण गर्ने यात्राको सुरुवात भने उनले सन् २००७ मा नपालको माउन्ट चोयु हिमालबाट गरेकी थिइन् ।
पेपरले उनको लक्ष्य अन्तर्गत भने हालसम्म विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु मध्ये दुई वटा हिमाल अक्सिजनको प्रयोग नगरी सफल आरोहण गरी सकेकी छन् । सन् २०२३ को जुलाई १५ तारिखका दिन विश्वको १२औँ अग्लो ९८,०५२ मिटर० को ब्रोडपिक र विश्वको पाँचौं अग्लो ९८,१६३ मिटर० को मनास्लु हिमाल सन् २०२३ को सेप्टेम्बर २८ तारिखमा सफल आरोहण गरी सकेको उनले जानकारी दिइन् । ब्रोडपिक बिना अक्सिजन सफल आरोहण गर्ने उनी पहिलो अष्ट्रेलियाली महिला बनेकी थिइन् ।

यससँगै ४८ वर्षीया पेपरले चुनौतीहरूको सामना गरिरहेका महिलाहरूलाई आफ्नै चुनौतीहरू पार गर्दै त्यसलाई जित्न, प्रोत्साहित गर्ने लक्ष्य राखेकी बताइन् । उनले भनिन, ‘मेरो आफ्नै आरोहण शैलीका कारण मैले तोकेको समयमा नै आफ्नो लक्ष्य हासिल गर्ने कुरामा म विश्वस्त छु । मैले मेरो सम्पूर्ण जीवन यसका लागि शारीरिक रूपमा मात्र होइन, मानसिक, भावनात्मक, आध्यात्मिक रूपमा तालिम दिएको छु । यही सबै कुराले मलाई यो गर्न प्रेरित गरेको छ ।’
उनको हिमाल आरोहणमा २३ वर्षको अनुभव रहेको छ । यो वसन्त ऋतृमा नेपालको अन्नपूर्ण–१ सहित तीन वटा हिमालहरु आरोहण गर्ने योजना रहेको उनले बताइन् ।
विश्वमा हालसम्म छ जनाले मात्र अक्सिजन बिना आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालहरु आरोहण गरेका छन् । त्यसमध्ये पनि विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालहरुको मुख्य चुचुरोमा पुगेका भने दुई जना पुरुष मात्र हुन्, उनीहरुलाई त्यसको लागि १६ वर्ष लागेको थियो ।
विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमाल अन्तर्गत सगरमाथा, केटु, कञ्चनजङ्घा, ल्होत्से, मकालु, चोयु, धौलागिरी, मनास्लु, नाङ्गा पर्वत, अन्नपूर्ण–१, गाशरब्रम–१, ब्रोडपिक, गाशरब्रम–२, शिशापाङ्मा पर्दछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }