शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

होराइजन जिबिएस् स्कुल तिलोत्तमा १ शंकरनगर रुपन्देहीमा दुई दिने गणित कार्यशाला सम्पन्न


  • माउन्टेन खबर
  • आइतवार, चैत्र २५, २०८०
  • 293
    SHARES

रुपन्देही । होराइजन जिबिएस् स्कुल तिलोत्तमा १ शंकरनगर रुपन्देहीमा दुई दिने गणित कार्यशाला सम्पन्न भएको छ।

होराइजन जिबिएस् स्कुलका प्राचार्य गोपालप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न यो कार्यक्रमको सहजकर्ता गणित विषयका राष्ट्रिय ट्रेनर म्याथमेटिक्स एजुकेशन रिसर्च एण्ड रिसोर्स सेन्टरका कार्यकारि निर्देशक दयामान श्रेष्ठ रहेका थिए।

होराइजन जिबिएस् तिलोत्तमा‌, न्यू होराइजन बुटबल, न्यू इन्भारमेन्ट स्कुल तिलोत्तमा, नवज्योति स्कुल तिलोत्तमा लगायत स्कुलहरुका प्राथमिक,निम्न माध्यमिक र माध्यमिक तहका ४५ शिक्षकहरुको सहभागितामा सम्पन्न यो कार्यक्रमको उद्देश्य एक बिद्यालय एक गणित प्रयोगशाला निर्माण र त्यसनिम्ति शिक्षकहरुको सिप बिकास रहेको कुरा बिद्यालयका शैक्षिक निर्देशक जिबनाथ भण्डारीले बताए।

कार्यक्रमको उद्घाटन सत्रका प्रमुख अतिथि हिसान रुपन्देहीका उपाध्यक्ष न्यु इन्भारमेन्ट स्कुलका प्राचार्य मधु ज्ञवाली ले गणित सिकाइलाई व्यवहार सग जोड्न यो कार्यक्रमको महत्वपूर्ण भूमिका रहने बिचार ब्यक्त गरेका थिए। हिसान नेपालका राष्ट्रिय उपाध्यक्ष तथा न्यु होराइजन मा बि का प्राचार्य लोकनाथ उपाध्यायको बिषेश सम्बोधन रहेको यो कार्यक्रममा गणितको आधारभुत ज्ञानलाई आबश्यक र उपयोगी सामाग्री हरुको सहयोगमा बिद्यार्थीको मष्तिस्कमा सकारात्मकरुपले स्थायी प्रतिस्थापन गर्न निकै महत्वपुर्ण भुमिका रहने सहभागीमध्येका एक शिक्षक मिनराज ज्ञवाली ले बताए।

कार्यक्रममा जिबनाथ भण्डारीको संचालन रहेको थियो।होराइजन जिबिएस् स्कुलले गणित विषयको शिक्षणमा प्रयोगात्मक कक्षा अनिवार्य गर्दै गणित प्रयोगशाला निर्माण गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }