मङ्लबार, बैशाख १८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नयाँवर्षमा ग्राण्डीको स्वास्थ्यसेवामा भारी छुट, रु २०८१ मै स्वास्थ्य सेवा


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र ३०, २०८०
  • 46
    SHARES

काठमाडौँ, ३० चैत । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीले नयाँ वर्ष २०८१ को अवसर पारेर विशेष हेल्थ प्याकेज ल्याएको छ । विगत ११ वर्षदेखि टोखामा सञ्चालित ग्राण्डीले नयाँ वर्ष २०८१ को अवसरमा विशेष हेल्थ प्याकेज ल्याएको हो ।

अस्पतालकी उप–महाप्रबन्धक अर्चना प्रधानले नयाँ वर्षको अवसर पारेर रु २०८१ रुपैँयामा विशेष हेल्थ प्याकेज सार्वजनिक गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार रु २०८१ मा जनरल हेल्थ चेकअफ प्याकेज, डाइवेटिज प्याकेज र अर्थो प्याकेजमध्ये एकवटा प्याकेज लिन सकिन्छ ।

जनरल हेल्थ चेकअफ प्याकेजअन्तर्गत ब्लड सुगर ¥यान्डम, कोलेष्टोरल, इसीजी, सिबीसी, इएसआर, युरिन, क्रेटिनाइन, एसजीओटी, एसजीपिटी, युरिक एसिड, युएसजी र डक्टर कन्सल्टेसन गर्न सकिनेछ । यसअघि ग्राण्डी अस्पतालले उक्त प्याकेजको रु चार हजार ४०५ रुपैँया लिँदै आएको थियो ।

डाइवेटिज प्याकेजअन्तर्गत ब्लड सुगर एफ, ब्लड सुगर पिपि, क्रेटिनाइन, कोलेष्टोरल, युरिक एसिड, युरिन आरई, ईसीजी, आई कन्सल्टेसन, डाइटीसीयन कन्सल्टेसन, डक्टर कन्सल्टेसनलगायतका सेवा पाउन सकिन्छ । उक्त सेवाका लागि यसअघि ग्राण्डीले रु चार हजार ५९५ लिँदै आएको थियो ।

यस्तै, अर्थो प्याकेजअन्तर्गत विएमडी, क्याल्कुलम र डक्टर कन्सल्टेसन सेवा रहेका छन् । उक्त सेवाका लागि सो अस्पतालले यसअघि रु ५ हजार ९९५ लिँदै आएको थियो ।

ग्राण्डीले नयाँ वर्षको लागि अगाडि सारेको तीनवटै सहुलियत सेवा बैशाख मसान्तसम्म लागू हुने उपमहाप्रबन्धक प्रधानले बताउनुभयो । उक्त अस्पतालले आज २०० शैयामार्फत विरामीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }