शनिबार, बैशाख २२, २०८१

पूर्वराष्ट्रपति भण्डारी ‘गणतन्त्र गौरव’ बाट सम्मानित


  • माउन्टेन खबर
  • सोमवार, बैशाख १०, २०८१
  • 19
    SHARES

 

काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’ बाट सम्मान गरेको छ ।

नेकपा एमालेद्वारा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको हिरक महोत्सवको अवसर पारेर प्रधानमन्त्री पुष्पकमल दाहाल, काँग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र डा. बाबुराम भट्टराईले संयुक्त रुपमा उहाँलाई सो सम्मान प्रदान गर्नुभएको हो ।

नेकपा एमालेका तत्कालीन उपाध्यक्ष भण्डारीले लोकतन्त्र, गणतन्त्र र ३३ प्रतिशत महिलाहरुको राज्यका हरेक निकायमा प्रतिनिधित्व गर्ने सवालमा नेतृत्वदायी भुमिका निर्वाह गरेको भन्दै एमालेले सो सम्मान गरेको हो । भण्डारीले दुई कार्यकाल नेपालको प्रथम महिला राष्ट्रपतिको भुमिका पनि निर्वाह गर्नुभएको थियो । समारोहलाई सम्बोधन गर्दै उहाँले आफूलाई सो सम्मान प्रदान गरेको भन्दै एमालेप्रति आभार व्यक्त गर्नुभएको छ । —न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }