शनिबार, बैशाख २२, २०८१

जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रर्दशनी


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख ११, २०८१
  • 22
    SHARES

काठमाडौं । मिथिला चित्रकार रन्जु यादवको एकल चित्रकला प्रदर्शनी जर्मनीको फ्रयान्कफर्ट सहरमा शनिबार सम्पन्न भएको छ । आफ्नो बहुदेशीय एकल चित्रकला प्रदर्शनीका लागि राष्ट्रिय ललितकला पुरस्कार विजेता यादव अहिले ३३ दिवसीय युरोप कला यात्रामा हुनुहुन्छ । उहाँले युरोपका जम्मा चार वटा देशको भ्रमण गर्नु हुनेछ भने तीन देशमा एकल चित्रकला प्रदर्शनी गर्ने कार्यक्रम छ ।

नेपाली समाज जर्मनीले फ्र्यान्कफर्टमा आयोजित नेपाल डेको अवसरमा एकल चित्रकला प्रदर्शनी आयोजना गर्न चित्रकार यादवलाई नेपालबाट आमन्त्रण गरेको थियो । नेपाली समाजले प्रत्येक वर्ष अप्रिल २० तारिखमा नेपाल डे मनाउँदै आएको छ । त्यस अवसरमा रन्जु यादवका २४ वटा चित्रहरु प्रदर्शनीमा राखिएको थियो ।

कार्यक्रममा चित्रकार यादवले नेपालमा मिथिला कलाको विकास, आफ्नो कला यात्रा र समाज रुपान्तरणमा आफ्ना चित्रहरुको प्रभावबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले चित्रकार यादवको चित्रकला प्रदर्शनीले नेपाली कला संस्कृतिको जर्मनीमा प्रवद्र्धन हुने र यसले फ्र्यान्कफर्टजस्तो अन्तर्राष्ट्रिय सहरमा नेपालको सांस्कृतिक कुटनीतिमा सघाउ पुग्ने विचार व्यक्त गर्नुभयो ।

राजदूत खड्काले जर्मनीमा मिथिला चित्रकला प्रदर्शनी आयोजना गर्न भूमिका खेलेको नेपाली समाज र चित्रकार यादवमाथि आफूलाई गर्व लागेको बताउनुभयो ।

नेपाली समाजका अध्यक्ष शिव अधिकारीका अनुसार जर्मनीका विभिन्न सहरबाट आएका करिब दुई सय पचास जना नेपाली र जर्मन नागरिकहरु कार्यक्रममा सहभागी थिए भने उनीहरुले चित्रकार यादवको एकल चित्रकला प्रदर्शनीलाई गम्भीरतापूर्वक अवलोकन गरेका थिए ।

अध्यक्ष अधिकारीले नेपाली समाजले फ्रयान्कफर्टमा नेपाल डे आयोजना गरेर नेपालबारे जर्मनीमा प्रचारप्रसार गर्नुका साथै दुई देशका नागरिकहरुलाई जोड्ने काम गरेको बताउनुभयो ।

त्यस अवसरमा उहाँले राजदूत खड्का, चित्रकार यादव, फ्रयान्कफर्ट सहरको मेयर कार्यालयका प्रमुखलगायतका विशिष्ट व्यक्तिहरुलाई उहाँहरुको गरिमामय उपस्थितिका लागि धन्यवाद दिनुभयो ।

नेपाल डेको अवसरमा नेपाल, युक्रेन र भियतनामका कलाकारहरुले गीत, संगीत र नृत्य प्रस्तुत गरेका थिए । एक जना बलिउड कलाकारले एउटा नेपाली गीतमाथि आफ्नो प्रस्तुति दिएका थिए ।

त्यस अवसरमा जर्मनीमा बस्ने नेपाली बालबालिका लागि नेपाल चिनाउने कार्यक्रम राखिएको थियो भने सम्पूर्ण अतिथि र सहभागीलाई परम्परागत नेपाली खानाका परिकारहरु पस्किएको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }