सोमवार, बैशाख २४, २०८१

जलश्रोतको महत्वलाई बुझेर सही सदुपयोग गर्न आवश्यकः मन्त्री बस्नेत


  • माउन्टेन खबर
  • बुधबार, बैशाख १२, २०८१
  • 23
    SHARES

काठमाडौं । चौथो हिमालयन हाइड्रो एक्स्पो शुरु भएको छ ।

बुधवारबाट काठमाडौंमा तीन दिने हिमालयन हाइड्रो एक्स्पो शुरु भएको हो । एक्स्पोको उद्घाटन उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले गर्नुभयो । हिमालयन हाइड्रो एक्स्पोको उद्घाटनको अवसरमा स्काई टावरदेखि विद्युतीय सवारीसाधनहरुको ¥याली भएको छ । ¥यालीमा ३ सय भन्दा बढी विद्युतीय सवारीसाधनहरु रहेका छन् । स्काइ टावरबाट बानेश्वर हुँदै कोटेश्वर, सातदोबाटो, एकान्तकुना, कुपण्डोल, लैनचौरबाट प्रधानमन्त्री कार्यालय घुमेर भृकुटीमण्डपमा आएर ¥याली सम्पन्न हुने र एक्स्पोका अन्य कार्यक्रमहरु शुरु हुने आयोजक स्वतन्त्र उर्जा उत्पादकहको संस्था (इप्पान) ले जनाएको छ । एक्स्पोको उद्घाटन गर्दै उर्जामन्त्री बस्नेतले सरकारले आयोजना गरेको लगानी सम्मेलनलाई एक्स्पोले सार्थक बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालको जलश्रोतको महत्वलाई बुझेर सही सदुपयोग गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले आगामी दिनमा सरकार, निजी क्षेत्रको हातेमालोबाट विद्युत उत्पादनको क्षेत्रमा विकास र बिस्तारका लागि काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी सबैलाई थाहा छ, नेपाल सरकारले लगानी सम्मेलनको आयोजना गरेको छ । लगानी सम्मेलनको पूर्वसन्ध्यामा हिमालयन हाइड्रो एक्स्पोको आयोजना भइरहेको छ । यसले लगानी सम्मेलनलाई अझ सार्थक बनाउनेछ । नेपालको जलश्रोत जुन प्रकृतिको छ, यसको महत्व जुन प्रकारको छ, त्यही रुपमा सदुपयोग अझ गर्न थप काम गर्नुपर्ने आवश्यकता छ । आगामी दिनमा सरकार, निजी क्षेत्रको हातेमालोबाट यस क्षेत्रको विकास र बिस्तारको लागि काम गर्नेछौँ ।’

 

कार्यक्रममा बोल्दै स्वतन्त्र उर्जा उत्पादकहको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले लगानी सम्मेलनलाई सफल बनाउने उद्देश्यले हिमालयन हाइड्रो एक्स्पो आयोजना गरिएको बताउनु भयो । उहाँले विद्युतीय सवारीसाधनहरुको ¥याली नेपालमै धेरै विद्युत खपत गरौँ भन्ने सन्देश दिन गरिएको बताउनु भयो । सरकारले सन् २०३५ सम्म १३ हजार मेगावाट बिजुली नेपालमा खपत गर्ने लक्ष्य लिएको भन्दै त्यसलाई सार्थक बनाउन एक्स्पोले भुमिका खेल्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले आजदेखि हिमालयन हाइड्रो एक्स्पो गर्दैछौँ । नेपाल सरकारले पनि इन्भेष्टमेण्ट समिट गर्दैछ । त्यसको सफलताका लागि हामीले उद्देश्यका लागि गरेका छौँ । इभी ¥याली हाम्रो विद्युत हामीले नै खपत गरौँ भन्ने उद्देश्यले गरेका हौँ । नेपालमा थुप्र्रै बिजुली खपत गर्नुपर्नेछ । नेपाल सरकारले त झनै २०३५ सम्म १३ हजार मेगावाट बिजुली खपत गर्ने योजना लिएर अघि बढिरहेको छ । त्यसले गर्दा त्यही उद्देश्यलाई पूरा गर्न इभीलाई प्रोत्साहन गर्नका लागि ¥याली गरेका हौँ । इलेक्ट्रोनिक उद्योगलाई सहयोग पुग्नेछ भन्ने उद्देश्यबाट यो समिट गर्न लागेका हौँ ।’

 

अध्यक्ष कार्कीले जलविद्युत र उर्जासँग सम्बन्धित सामानहरु प्रदर्शनी गर्ने र बेच्ने भन्दा बाहेकका कुराहरु विगतमा नहुने गरेको भएपनि यस पटकको मेलामा भने विभिन्न चरणमा उर्जा क्षेत्रका समस्या, समाधान, लगानीका बारेमा विस्तृत रुपमा छलफल हुने र अन्ततः लगानी सम्मेलनलाई एक्स्पोले सहयोग पु¥याउने विश्वास रहेको बताउनु भयो । सन् २०३५ सम्ममा सरकारले लिएको २८ हजार ५ सयको विद्युत उत्पादनको योजना सफल बनउनका लागि पनि एक्स्पोले भुमिका खेल्ने बतउनु भयो । अध्यक्ष कार्कीले नेपालमा लगानी गर्ने राम्रो वातावरण रहेको सन्देश विदेशी लगानी कर्ताहरुलाई दिन आवश्यक रहेको बताउनु भयो ।—न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }