सोमवार, बैशाख २४, २०८१

वेस्ट इन्डिज ‘ए’ क्रिकेट टोली काठमाडौंमा


  • माउन्टेन खबर
  • बुधबार, बैशाख १२, २०८१
  • 31
    SHARES

काठमाडौं । टी–२० सिरिजको लागि वेस्ट इन्डिजको क्रिकेट टिम नेपाल आइपुगेको छ ।

बुधबार रोस्टन चेजको कप्तानीमा सिनियर टोलीबाट खेलेका १२ खेलाडीसहित वेस्ट इन्डिज ए टोली नेपाल आइपुगेका हुन्।

दुई पटक एकदिवसीय र टी-२० विश्वकप विजेता वेस्ट इन्डिजले घरेलु टोली नेपालीसँग ५ टी–२० खेलको सिरिज खेल्नेछ । ५ वटै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको पहिलो खेल वैशाख १५ गते शनिबार,  दोस्रो खेल वैशाख १६ गते, तेस्रो खेल वैशाख १९ गते, चौथो खेल वैशाख २० गते र पाँचौं तथा अन्तिम खेल वैशाख २२ गते हुने कार्यतालिका छ ।

वेस्ट इन्डिज ‘ए’ सँगको यो शृङ्खला नेपालका लागि विश्वकपको तयारीका लागि निकै महत्वपूर्ण हुनेछ ।

वेस्ट इन्डिज ए क्रिकेट टोली:

रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उपकप्तान), फबिएन एलेन, कदिम एलियन, जोसुवा विसोप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओसान थोमस र हायडेन वाल्स ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }