आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

गोंगबुस्थित एक होटलमा झुण्डिएको अवस्थामा युवतीको शव


  • माउन्टेन खबर
  • सोमवार, बैशाख २४, २०८१
  • 27
    SHARES

काठमाडौं । गोंगबुस्थित एक होटलमा झुण्डिएको अवस्थामा युवतीको शव फेला परेको छ ।

मोरङको लेटाङ नगरपालिका-२ घर भइ हाल बाँसबारी बस्दै आएकी ३१ वर्षीया कल्पना भण्डारी झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

शुक्रबार होटलमा झुण्डिएको अवस्थामा भेटिएपछि उनलाई उद्धार गरेर त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको तियो । अस्पताल पुर्याएपछि चिकित्सकहरुले मृत्यु भइसकेको घोषणा गरेका जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

भण्डारीको हत्या आरोपमा प्रहरीले चन्द्रागिरि नगरपालिका-१५ का ३२ वर्षीय अनित कार्कीलाई पक्राउ गरेको छ । उनीहरु दुबैजना होटलमा संगै बसेका थिए । मृतकको परिवारले कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनको कसूरमा किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो ।

लामो समयसम्म ढोका नखोलेपछि होटलका अन्य व्यक्तिलाई बोलाएको कार्कीले बयान दिएका छन् ।

प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }